logo
  • शनिबार, भाद्र २० २०८३

चर्चित लोक दोहोरी गायक कुशल बेल्बासे कतार आउँदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
अर्घाखाँची सेवा समाज कतारको आयोजनमा हुन लागेको समाजको तेस्रो बनभोज तथा सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चित लोकदोहोरी गायक कुशल बेल्बासे कतार आउने भएका छन ।
समाजले आगामी १४ फेब्रुअरी २०२० का दिन अल सहानिया अल दोसारी जु मा तेस्रो बनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

सामान्य परिवारमा जन्मेका बेल्वासे आफु गीत संगीतलाई सानै उमेर देखि रुचि राख्ने गर्थे विद्यायमा गाँउ समाजमा हुने सांस्कृतिक कार्यक्रममा आफ्नो प्रतुति दिदै बालकलारबाट सांगीत क्षेत्रमा प्रबेश गरेका बेल्वासे २०५९ सालबाट राष्ट्रिय लोकदोहोरीको सांगीतक क्षेत्रमा आफ्नो करियारमा डेढ दशक संघर्षमा बिताएका बेल्वासे पछिल्लो लोक दोहोरी गायकका रुपमा सु–परिचित मानिन्छन ।

राष्ट्रिय लोक दोहोरीको संगीत क्षेत्रमा आफुलाई स्थापित गर्न सफल हुन बेल्वासे । अर्घाखाँची जिल्ला पटौटि ७ साविक हाल पाणिनी गाँउपालिका ४ मा जन्मेका हुन् । रातोघलेकीमा गितको वोलबाट चर्चा कमाएका बेल्बासेले प्रदेशीयका प्रदेशीहरु कथा र व्यथामा आधारित परदेशी, रिडी दोभान, बाँचे घर आम्ला , माली गाईले बाछी चाटेको, झुमे रुमाल , रानिफुल लगाएत करिब एक दर्जनौ भन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन ।

त्यसअधि उनले गीत पनि कम चर्चित भएका होइन यद्यपि यो गीतको सफलतासँगै उनले गायका प्राय सबै गीत श्रोता दर्शकले मन पराएका छन यति बेला उनी गाँउ समाजमा हुने विभिन्न महोत्सवहरुमा व्यस्त रहेका छन। कुशल बेल्वासेको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष टेक राज थापाले साझा नेटवर्ककलाई जानकारी गराएका छन ।

समाजले कतारमा रहनुहुने सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, समाजसेबी, पत्रकार तथा अर्घाखाँचीहरुलाई कार्यक्रममा सफल पार्न सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend