साझा नेटवर्क
सृजना आचार्य ,कपिलवस्तु ,पुष ११।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं। २ गोरुसिंगेस्थित गत मंसिर १३ गते भएको धनराज पौडेलको हत्या मा बुहारी नै सलंगन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
गत मंसिर १३ गते दिउँसो आफनै घरमै बुहारी लक्ष्मी पौडेलले ससुराको हत्या गरेको अनुसन्धानले देखाएको हो । प्रहरीले ससुरा पौडेलको हत्या संलग्नता रहेको आशंकामा हत्या भएकै दिन बुहारी लक्ष्मी लाइ इलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको थियो ।
केहि दिन अगाडि सोहि घटनाको अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी)को टोली कपिलवस्तु आएको थियो ।
उक्त सिआईबीको टोलीले शसुराको हत्यामा बुहारी को नै संलग्न रहेको रिर्पोट निकालेको छ । लामो समयको अनुसन्धान पछि घटनाको आरोपित पत्ता लागेको प्रहरीले स्रोतले जनाएको छ ।
अव केहि दिनमा घटनाको कपिलवस्तु प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजिनक गर्ने तयारी गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend