logo
  • शनिबार, कार्तिक २२ २०८३

बुल्म प्राविलाई शैक्षिक र खेलकुदका सामग्री प्रदान


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,गुल्मी,पुष ८ ।

इस्मा गाउँपालिका ६ अम्मरपुरको बुल्म आधारभुत बिद्यालयल र बुल्म युवा क्लवलाई भक्तपुरको संस्थाले सहयोग गरेको छ ।मध्येपुर ठिमी भक्तपुरको ल्यायामह् पुछ सस्थाले बुल्म आभारभुत बिद्यालयका ८० जना बिद्यार्थीहरुलाई पोशाक, शैक्षिक, खेलकुदका सामग्री तथा प्राथमिक स्वास्थ्य उपचारकाका साग्री प्रदान गरेको हो । ल्यायामह् पुछ मध्येपुर ठिमी भक्तपुरका अध्यक्ष जुन श्रेष्ठले बिद्यालयका प्रध्यानाध्यापक बम बहादुर थापालाई सामग्री हस्तान्तरण गरे ।साथै बुल्म युवा क्लवलाई पनि संस्थाले खेलकुदका सामग्री प्रदान गरेको छ । बुल्म आधारभुत प्राथमिक बिद्यालयमा सवै कुमाल समुदायका बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । गरिव तथा बिपन्न कुमाल समुदायका बालबालिकालाई भक्तपुरबाट आएर ठुलो सहयोग पुराएकोमा वडाध्यक्ष हिरा जिसीले आभार प्रकट गरे ।यो कार्यक्रमले बिद्यालयका बालबालिकालाई सहयोग मात्रै नभएर भक्तपुरसंग इस्माको थप सम्बन्ध समेत स्थापित हुने विश्वास व्यक्त गरे । सहयोग गर्ने संस्थाका अध्यक्ष श्रेष्ठले पनि हरि बहादुर बैद्य प्रजापतिको सहयोगमा बुल्म गाउँमा आएर सहयोग गर्न पाएकोमा खुसी प्रकट गरे ।भक्तपुरको टोलीलाई बिद्यालयले बुल्मको पहिचानको रुपमा रहेको वस्तु सेरामिक्सबाट उत्पादन भएको माटोका सामग्री उपहार प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend