साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
रामेछाप दोहा सम्पर्क समाजले नेपालबाट किरात समुदायको महान राष्ट्रिय चाड उभौंली कार्यक्रमको सिलसिलमा रहेका कलाकारलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष ललित कुमार तामाङ्गको अध्यक्षतामा प्रमुख अतिथि संस्थाका सल्लाहाकार रामहरी खत्रीको आतिथ्यमा अतिथिहरु संस्थाका प्रथम उपाध्यक्ष उद्धव मगर, द्धितीय उपाध्यक्ष सामुयल सुनुवार, तमु गुरुङ्ग समाज अध्यक्ष काजी गुरुङ्ग, किरात याक्थुङ चुम्लुङ्ग कतारका अध्यक्ष राजेन्द्र साम्हाम्फे, किरात राई यायोक्खा शाखा कतार शाखाका अध्यक्ष विमल राई , कलाकार कला राई, महेश मुखिया सुनुवार, तिर्सना नेम्बाङ्ग, उपस्थीत उपस्थिति रहेका थियो ।
कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष उद्धव मगरले मन्तव्यबाट स्वागत राखेका थिए कार्यक्रममा आमन्त्रित अतिथिहरुले आफुहरुलाई राष्ट्रको कलाकारलाई सम्मान कार्यक्रममा सहभागी हुने मौंका दिनु भएकोमा यस समाजलाई धन्यवाद दिंदै आ–आफ्ना भनाई राख्दै आगामी दिनहरुमा अझै संघर्षका साथ अगाडी बढने् हौसल्लाका साथ कलाकारलाई शुभकामना दिएका थिए ।
कलाकार कला राईले कार्यक्रमको सिलसिलमा आफु विभिन्न गइरहेका अनुभवलाई बताउदै कतारमा कलाकारलाई हेर्ने दृष्ट्रिकोण फरक पाएको बताउदै भन्नु भयो अन्य देशमा जाँदा कलाकार एउटै समूहमा उपस्थित भएता पनि सम्मान चाही भेगीए, क्षेत्रीय, जातीय, रुपमा गरीन्थ्यो त्यस्तो व्यवहारमा आफुलाई अलिक मन दुख्ने गर्थेयो तर आज यस रामेछाप दोहा सम्पर्क समाज कतारले सम्पूर्ण कलाकारलाई सम्मान रुपमा सम्मान गरेकोमा आफु धेरै हर्षित भएको बताउनु भएको बताइन ।
अन्तमा संस्थाका अध्यक्षा ललित कुमारले कलाकारहरुलाई शुभयात्राको शुभकामना दिदै कार्यक्रम सव्य र भव्य रुपमा सफल भएको घोषणा गरेका थिए भने कार्यक्रम सञ्चालन महासचीव नर बहादुर तामाङ्गको सञ्चालन रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend