साझा नेटवर्क
तिलु शर्मा पौडेल,दोहा ।
नेपाल मगर संघ,शाखा कतारले माघ्या सकराटी मनाउने भएको छ । संघको आयोजनामा “नेपाली कला तथा संस्कृती लाई संरक्षण र सम्बर्द्धन गरौं, मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी २०७६ लाई भब्यताका साथ सफल पारौं ” भन्ने नाराका साथ बनभोज तथा बिबिध सांस्कृतिक कार्यक्रम २०२०” आयोजना गरि मनाउन लागेको हो ।
उक्त कार्यक्रममा नेपालवाट अतिथि कलाकारहरु चर्चित लोकदोहोरी गायिका निर्मला थापा मगर र मोडल तथा डान्सर अस्मिता राना मगर आउने पक्कापक्की भएको छ l रास्ट्रिय कलाकारका अलवा मगर सांस्कृतिक परिवारका तर्फबाट सालैजो, कौराह, सोरठी ,झ्याउरे, हुर्रा, भुम्या, टप्पा, मगर गित, मारुनी लगायत मगर सस्कृति झल्काउने सांस्कृतिक प्रस्तुतीहरु रहने संघका सचिव तथा कार्यक्रम संयोजक लोक बहादुर सिन्जाली मगरले जानकारी दिएका छन l उक्त कार्यक्रमले नेपाल सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० (Visit Nepal 2020) लाइ समेत सघाउ पुराउन मद्दत गर्ने बिस्वाश संघले लिएको छ l
खेलकुद कार्यक्रम तर्फ बनभोजमा उपस्थित हुने महिलाको लागि म्यूजिकल चेयर र पुरुषका लागिमा डोरि तान्ने प्रतियोगिता रहेको छ भने बिगतका बर्षहरुमा झैं यस बर्ष पनि नेपालमा मगरहरुको दौडेर राजा चुन्ने परम्परा पनि कायम रहि आएकोले मगरहरुको लागि २०२०/२०२१ का निमित्त सांस्कृतिक बाङ (राजा) दौड प्रतियोगिता गरेर छनौट गरिने जानकारी संघका अध्यक्ष बिजय मगरले दिएका छन l कार्यक्रम आगामी १७ जनवरीका दिन मिसाइदमा अबस्थित अम्वाज क्याम्प २ मा सम्पन्न हुने कार्यक्रमको तयारी तिब्र पारिएको जानकारी संघका महासचिब बिबेक पुलामी मगरले गराएका छन l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend