logo
  • शनिबार, भाद्र २० २०८३

रामेछाप दोहा सम्पर्क समाजद्धारा कलाकार सम्मान


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर,दोहा पुष ६ ।

रामेछाप दोहा सम्पर्क समाजले  कलाकार भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष ललित कुमार तामाङ्गको अध्यक्षता र संस्थाका सल्लाहाकार रामहरी खत्रीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथीहरु संस्थाका प्रथम उपाध्यक्ष उद्धव मगर, द्धितीय उपाध्यक्ष सामुयल सुनुवार, तमु गुरुङ्ग समाज अध्यक्ष काजी गुरुङ्ग, किरात याक्थुम चुम्लुङ्ग कतारका अध्यक्ष राजेन्द्र साम्हाम्फे, किरात राई यायोख्खा कतार शाखाका अध्यक्ष विमल राई , कलाकार कला राई, महेश मुखिया सुनुवार, तिर्सना नेम्बाङ्ग, लगायतको उपस्थीति रहेको थियो ।

 संस्थाका प्रथम उपाध्यक्ष उद्धव मगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा आमन्त्रित अतिथीहरुले आफुहरुलाई राष्ट्रको कलाकारलाई सम्मान कार्यक्रममा सहभागी हुने मौका दिनु भएकोमा यस समाजलाई धन्यवाद दिंदै आ–आफ्ना भनाई राख्दै आगामी दिनहरुमा अझै संघर्षका साथ अगाडी बढने् हौशलाका साथ कलाकारलाई शुभकामना दिएका थिए । कलाकार कला राईले अन्य देशमा भन्दा यो देश कतारमा कलाकारलाई हेर्ने दृष्ट्रिकोण फरक पाएको बताउदै भन्नु भयो अन्य देशमा जादा कलाकार एउटै समूहमा उपस्थित भएता पनि सम्मान चाही भेगीए, क्षेत्रीय, जातीय, रुपमा गरीन्थ्यो त्यस्तो व्यवहारले आफुलाई अलिक मन दुख्ने गरेको तर रामेछाप दोहा सम्पर्क समाज कतारले सम्पूर्ण कलाकारलाई सम्मान रुपमा सम्मान गरेकोमा आफु धेरै हर्षित भएको बताउनु बताउनुभयो । कार्यक्रमको संचालन सस्थाका महासचीव नर बहादुर तामाङ्गको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend