साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु पुष ५ ।
कपिलवस्तु नगरपालिका वडा नं ९ जग्दिशपुर तालमा एक युवाको शव फेला परेको छ । वडा नं १० का ४७ वर्षिया नगिना सिंह क्षेत्रीको ताल भित्र आधा शरिर पानीमा र आधा बाहिर भएको अवस्थामा शव फेला परेको हो ।
अस्थाई प्रहरी पोष्ट जहदीका असई योगेन्द्र यादवका ले दिएको जानकारी अनुसार युवाले अत्यधिक मदिरा सेवन गरेका कारण लडेर मुत्यु भएको हुन सक्ने बताए । शव पोष्टमार्टमका लागि तौलिहवा अस्पतालमा लैजाने तयारी भैरहेको बताईएको छ ।
यता स्थानियहरुले शवको माथिबाट ज्याकेट राखेको जस्तो रहेको र नजिकै ढुङ्गा समेत रहेको हुदा घट्ना शंकाष्पद भएको जनाएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend