logo
  • शनिबार, कार्तिक २२ २०८३

बुटवल उपमहानगरपालिका सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषणा


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, बुटवल पुष ५ ।
बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ ।

सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी वृद्धवृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले बुटवल उपमहानगरले आज विशेष समारोह आयोजना गरेर सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरेको हो ।

घोषणा सभामा सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा कार्यान्वयनको सुनिश्चितताका लागि बुटवल उपमहानगरपालिका, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय र मानवसेवा आश्रम तथा नगरवासीहरुले प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रदेश नं ५ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले बुटवललाई सडक मानवमुक्त घोषणा गरेर ‘समृद्ध प्रदेश, खुशी जनता’ परिकल्पना साकार पार्ने अभियानको थालनी गरिएको बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले मानव अधिकारको संरक्षण गर्ने दायित्व सरकारको भएकाले नगर सरकारले यसको जिम्मेवारी निर्वाह गरेको बताए ।

सामाजिक विकासमन्त्री सुर्दशन बरालले कोही पनि व्यक्ति सडकमा भौतारिनु नपरोस् भन्ने उद्देश्यले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने अभियानमा सरकार लागेकाले सहयोग गर्न सबैलाई आह्वान गरे ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, फकरुद्धिन खान, जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्मा, सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायतले गौतमबुद्धको भूमि मानवताको शहरको रूपमा विकसित हँुदै गएको बताए ।

सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिका र मानव सेवा आश्रमबीचको सहकार्यमा गत वर्ष पुस ७ गतेदेखि एक वर्षको अवधिमा १९७ को उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend