साझा नेटवर्क
बाबुराम थापा,मलेसिया पुष ४ ।
मलेसिया सरकारले स्वदेशी तथा विदेशी श्रमिकहरूको तलब बढाउने भएको छ । आगामी जनवरी १ तारिख देखि लागू हुने गरी श्रमिकहरुको तलब बढाउन लागिएको हो । मलेसियाको मानव संशाधन मन्त्रालयलले जनवरी १ देखि श्रमिकहरूले न्यूनतम मासिक तलब १२ सय मलेसियन रिङ्गेट (करिब ३३ हजार नेपाली रुपैयाँ) बनाउने भएको हो ।
मलेसियामा हाल कामदारको न्यूनतम तलब ११ सय रिङ्गेट छ । तलब वृद्धिसँगै मलेसियामा कार्यरत लाखौं नेपाली कामदारले यसको लाभ पाउनेछन् । मलेसियन सरकारले आगामी वर्ष नेपालबाट थप डेढ लाख नेपाली ल्याउने लक्ष्य राखेको छ ।वृद्धि भएको तलब मलेसियाको शहरी क्षेत्रका कामदारको हकमा मात्र लागू हुनेछ ।मलेसियाली मिडिया इन्टेलएसियाका अनुसार न्यूनतम तलब लागू हुने ५७ वटा शहरको नाम सार्वजनिक भएको छ । ती शहरहरुमा जोहोरबरु , इस्कन्डर, पुटेरी, अलोर सेटर, मेलाका बेर्सेजर्हा, पुलाउ पिनान्ङ, सेबेराङ पेराइ, इप्हो, शाह अलम, पेटालिङ जय, क्वाला तेरेन्गानु, कुचिङ उतरा, कुचिङ सेलेटन, मिरीकोटा किनाबालु, क्लालालम्पुर ,बाटु पहट छन् । त्यसैगरी अन्य शहरहरुमा क्लुआङ, कुलाई, मुअर, सेगामट, पसिर गुडाङ, कुलिम, सुंगाई पेटानी, लङकवाई, कुवाङ पासु, कोटा भारु, अलोर गजाह, जसीन, हाङ तुह जय, सेरेम्बन, निलाई, पोर्ट डिक्सन, जेम्पोल, कुआन्टन, तेमेरलोह, बेन्टोङ, मनजुङ, क्वाला कंग्सर, ताइपिङ रहेका छन् ।
त्यस्तै तेलुक इन्तान, कङगर, अम्पाङ जय, कजाङ, क्लाङ, सेलयाङ, सुवङ जय, सेपाङ, केमामन, डङ्गन, पडवान, सिबु, समराहन, बिन्टुलु, सन्दकन, तवाउ, लाबुअन र पुत्रजयमा पनि बढेको नयाँ तलबमान लागू हुने छ । हालको सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मजदुरहरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend