साझा नेटवर्क
साझा नेटवर्क,काठमान्डौ पुष ३ ।
समाजसेवी ईशा गुरुङले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने भएकी छन् । लामो समयदेखि लण्डनमा बस्दै आएकी उनले दुखि,गरिब,अनाथ तथा बिपतमा परेका नेपालीहरुलाई विगत लामो समयदेखि निरन्तर साथ र सहयोग गर्दै आएकी छन । गुरुङले यस पटक भने राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्न अभियान थालेकी हुन् ।
केही दिन अगाडि मात्रै पुनले सामाजिक सन्जाल फेसबुक मार्फत सबैलाई आग्रह गर्दै आफूलाई विश्वास गर्न सक्ने नरम हृदय भएको कोही नेपालीहरु वा समूहहरु भए आफुले नेपालमा नभएको पूर्ण रुपमा ग्रामीण समुदायलाई फाईदा दिन सक्ने मोडेलको सामुदायिक पर्यटन अथवा Community owned Eco-tourism विकास गर्न लागेको र जसको निम्ती ४ प्रतिशत वार्षिक ब्याज दरमा ऋण चाहेको बताएका थिए ।
उनको यो आग्रह पछि देश तथा विदेशबाट पुनलाई सहयोग गर्न विभिन्न व्याक्ति तथा संघसस्थाहरुले चासो देखाईएको अवस्थामा सामाजसेवी गुरुङले आर्थिक अभियान नै संचालन गरि सहयोग गर्न जुटेकी छन ।’ गुरुङले मनका धनि दाताहरुलाई अपिल गर्दै भनेकी छिन, ‘बाह्र वर्ष गरिब, दुखि, पिडित र अस्पताल, स्कुल, किर्केट रंगशाला,आश्रम, मन्दिरहरू लागि सहयोग गरे, अब राष्ट्रिय आविष्कार केन्द्रलाई हामी सबै मिलेर सहयोग गर्ने बेला आएको छ, उनको सपना हामी सबैको सपना हो ।’
राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरबाट अनगिन्ति अवार्डहरुले महाबिर पुनको क्षमतालाई मान सम्मानगरे पनि आर्थिक सहयोगमा कमि भएको पुनको महसुसलाई कदर गर्दै बिकाशप्रेमी देशभक्त युवाहरुलाई सहयोगका लागि गुरुङले आग्रह समेत गरेकी छिन । देशलाई प्रबिधितिर डोर्याउने हिम्मत गरिरहेका महाबिरलाई आफुले सकेको सहयोग आउनेमा इशाले आशा व्यक्त गरेकी छिन । महाबिर पुनले देशका लागि गर्न लागेको सतकर्ममा अभियान्ता बनेर हातेमालो गर्न आग्रह गरेकी छिन ।
गुरुङले पोस्ट गरेको फेसबुक स्टाटस जस्ताको त्यस्तै:-
नमस्कार, आज म हजुरहरू लाइ एक अपिल लिएर आएको छु, १०/१२ बर्ष धेरै गरीब पिडित दुखी बिरामीहरूको लागी काम गरे, सहयोग गरे, सहयोग उठाए, अस्पताल भबन, स्कुल भबन, किर्केट रन्गंशाला, आश्रम, मन्दिरहरू लगायत धेरै थोरै सहयोग गरे, अब हामी सबै मिलेर महाबिर पुन दाइको राष्टिय अविस्कार केन्द्र लाइ सहयोग गर्ने बेला आएको छ, उहाको सपना हामी सबैको सपना हो, सिन्गो देशको सपना हो, उहालाइ नचिन्ने कमै छन्, तर उहालाइ सरकार बाट आर्थिक सहयोग पाउन सकेको छैन, मान सम्मान अवार्डहरू त अन्गिन्ति पाइसक्नु भएको छ, महाबिर पुन भन्नुहुन्छ, मलाइ अब भारी भयो कसैले अवार्डको लागी नोमिनेशन नगरिदिनु होला, अवार्डको सट्टा बरू मेरो अविस्कार केन्द्र लाइ सहयोग गरिदिनु होला या लोन दिनुहोला भन्ने आग्रह गर्नु भएको छ, आशा छ हजुरहरूले सकेको आर्थिक सहयोग गर्नुहुनेछ बिगतमा जसरी, सहयोग मन बाट गरिन्छ कसैलाइ कर्काप र मेसेजमा गएर माग्ने कदापि छैन ।
हजुरहरूको स्व इच्छा हो, हजुरहरूले सहयोग गर्न चाहेमा तल राष्टिय अविस्कार केन्द्रको बैक खाता राखेको छु, सिधै तलको ख़ातामा रकम डिपोजिट गरिदिनु होला र भौचर मलाइ पठाउनु होला प्लीज, मैले बिगतमा जसरी सहयोगीमनहरूको तस्बीर सहित अपडेट गरिने छैन, मात्र हजुरहरूको सहयोग रकम र नामावली क्रमबद्ध रूपमा १/२/३/४/५ गरी अपडेट गरिने जानकारी गराउन चाहान्छु, यो सतकर्ममा जो पनि अभियान्ता बनेर या सहयोगी हात भएर हातेमालो गर्न सकिन्छ, तर एकदम इमान्दारी र पार्दाशिता सहित काम गर्नु पर्छ,।’
कसैले महाबिर पुन दाजुको नाउमा रकम संकलन गरेर दुरूपयोग नगरियोस् भनेर खबरदारी पनि यहि पोस्ट मार्फत गराउन चाहान्छु,धन्यबाद ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend