logo
  • शनिबार, कार्तिक २२ २०८३

जगदिशपुर क्षेत्रमा सरसफाई सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सृजना आचार्य, कपिलवस्तु पुस २।
कपिलवस्तु नगरपालिका ९ जगदिशपुरमा वडा स्तरिय सरसफाइ कार्यक्रम अन्तर्गत आज कनकमुनी माबिमा प्राबिधिक धारका बिद्यार्थीहरुको सकृयतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको कक्षा ९ र १० का बिद्यार्थी सहभागी रहेको सरसफाइ कार्यक्रममा विद्यार्थीहरुले बजार क्षेत्र सँगै जगदिशपुर ताल वरिपरि सरसफाइ गरेका छन् । वडा न ९ का वडाअध्यक्ष शिव वाग्ले, बिधालयका शिक्षक, विद्यार्थीहरु, सँगै सरसफाइ कार्यक्रममा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मोसममा आएको परिवर्तन सँगै बढेको चिसोमा जगदिशपुर ताल क्षेत्रमा आन्तरिक तथा बाह्यि पर्यटकहरुको आगमनमा समेत बृद्धि हुने गर्दछ ।

ताल वरपरको क्षेत्रलाई सुन्दर बनाउन विद्यार्थीहरुको सक्रियतामा बृहत सरसफाई गरिएको विद्यालका शिक्षक प्रकाश खनालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend