logo
  • शनिबार, भाद्र २० २०८३

जापानमा धुम्रपान सेवन कम गर्न कर्मचारीहरुको तलब बृद्धि, प्रमोसनमा प्राथमिकता सहितका आकर्षक योजना सुरु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

लक्ष्मी पौडेल,जापान पुष २ ।

जापानी प्रौढ उमेरका महिला पुरुषको लागि मादक पदार्थ र चुरोट दैनिक खानपानको कुरा जस्तै हो । चुरोट नपिउने जापानी भेटिएला तर मादक पदार्थ सेवन नगर्ने जापानी पाउन नेपालमा लसुन प्याज नखाने बाउन भेटेजस्तै भने बराबर हो भन्दा फरक नपर्ला ।

पछिल्लो समय जाँड रक्सी सेवन जस्तै धुम्रपान गर्ने व्यक्तिको संख्या समेत बढ्दै जाँदा जापानका कार्यालयहरु त्यसको चपेटामा पर्न थालेका छन् । दैनिक दर्जर्न धेरैपटक धुम्रपान गर्न कर्मचारी कार्यकक्षबाट बाहिरिने तथा धुम्रपानले कर्मचारीको स्वास्थ्यमा समेत असर र कार्यालयमा समेत असहज परेपछि यहाँका कम्पनीहरुले नौलो उपाय अपनाउन थालेका छन् । आफ्नो कार्यालयमा कामगर्ने कर्मचारीहरुले धुम्रपान नगरुन् भन्ने आशा सहित जापानमा केही कम्पनीले कर्मचारीहरुलाई आकर्षक योजना अघि सारेका छन् । तलब बृद्धि, प्रमोसनमा प्राथमिकता सहित पछिल्लो उदाहरण हो बार्षिक रुपमा ६ दिन बढी बिदा पाउने मौका ।

धुम्रपानका कारण आर्थिक र शारीरिक हानि सँगै कार्यालयमा कर्मचारीको उत्पादक क्षमतामा समेत असर पर्नेभएपछी जापानी कम्पनीहरुले यस्तो योजना अघि सारेका हुन् । राजधानी टोकियोको मार्केटिङ फर्म पिएला इंकले धूम्रपान नगर्ने कर्मचारीलाई ६ दिनको अतिरिक्त छुट्टी दिने भएको छ । धूम्रपान गर्ने कर्मचारीका लागि सिगरेट ब्रेकको आवस्यकता भएको र यसले उत्पादकत्वमा कमी आउने गरेको कम्पनीको ठहर छ । यो कम्पनीको कर्पोरेट अफिस २९ औं तलामा रहेको छ । कसैलाई पनि सिगरेट ब्रेक लिनु छ भने उनीहरू भुइँतलामा जानुपर्छ । यसका लागि १५ मिनेटको समय खर्च हुने गरेको कम्पनीले जनाएको छ । यसै कारण चुरोट नखाने कर्मचारीमा आक्रोश उत्पन्न हुन थालेको थियो ।

जब कम्पनीका सिइओ ताकाओ असुकालाई यो कुराका बारेमा जानकारी भयो, उनले धूम्रपान नगर्ने कर्मचारीलाई क्षतिपूर्तिस्वरूप बार्षिक रुपमा ६ दिनको अतिरिक्त छुट्टी दिने निर्णय गरेका छन् । कम्पनीका अनुसार धूम्रपान नगर्ने एक कर्मचारीले यसै वर्षको सुरुमा कम्पनीको सुझाव पेटिकामा एक पत्र लेखेर धूम्रपानका कारण समस्या हुने गरेको र मानिसको उत्पादन क्षमतामा पनि कमी आएको धारणा राखेका थिए । सुझाव पेटिकामा प्राप्त पत्र कम्पनीका सिइओले पढेपछि त्यो गम्भिर विषय भएको भन्दै कम्पनीमा विशेष छलफल चलाए । जस अनुसार धूम्रपान गर्नेले खर्च गरेको समयका आधारमा धूम्रपान नगर्नेलाई क्षतिपूर्तिबापत औषत समय हिसाब गर्दा बार्षिक ६ दिन हुन जाने देखियो ।

धुम्रपान गर्ने कर्मचारीलाई निरुत्साहित गर्दै नगर्ने कर्मचारीको मनोबल बढाउने उदेश्य सहित कम्पनीले नयाँ निर्णय गर्यो ‘धुम्रपान नगर्ने सबै कर्मचारीलाई बार्षिक रुपमा नियमित भन्दा थप ६ दिन बिदा दिने ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend