साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु पुष १ ।
पश्चिमी वायुको प्रभाव सकिएसंगै कपिलवस्तु सहित तराइका जिल्लमा चिसो बढेको छ । मङ्गबारबाट ह्वात्तै चिसो बढेको छ भने र तराईका क्षेत्रहरुमा हुस्सु र शितलहर सुरु हुन थालेको छ ।
कपिलवस्तुमा मङ्गलबार विहानै बाक्लो हुस्सु र कुहिरो लागेकोछ । बिहान र बेलुका चिसो हावासंगै हुस्सु लागेपछि मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ भने यातायात पनि प्रभावित भएका छन् ।चिसोले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरु बिरामी पर्ने गर्दछन् ।
चिसोका कारण विशेष गरी रुघाखोकी, कोल्ड डायरीया, निमोनिया र टाइफाइट का विरामीहरु बढ्ने गर्छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend