logo
  • शनिबार, कार्तिक २२ २०८३

एकीकृत ग्रामीण विकास समाजद्धारा सामाजिक परिक्षण सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

????????????????????????????????????

हुमाकान्त पोखरेल, गुल्मी मंसिर ३० ।

एकीकृत ग्रामीण विकास समाज गुल्मीले सामाजिक परिक्षण सम्पन्न गरेको छ । संंस्थाले गत आर्थिक बर्ष अर्थात २०७५÷७६ मा गरेका काम र प्रभावकारीताको सम्बन्धमा सामाजिक परिक्षण सम्पन्न गरेको हो ।परिक्षणका क्रममा संस्थाले गरेका कामको प्रभावकारीता तथा सुधार्नुपर्ने पक्षहरुको बारेमा छलफल गरिएको थियो । सामाजिक परिक्षक टोपलाल अर्याल र हुमाकान्त पोखरेलले सामाजिक परक्षणपछि तयार पारेको रिपोर्ट प्रस्तुत गरेका थिए । धुर्कोट गाउँपालिका ३ हाडहाडे, मदाने गाउँपालिका ६ पुर्कोट दह, इस्मा गाउँपालिका ६ अमरपुर, छत्रकोट गाउँपालिकाको दिगाम लगायतका स्थानमा गरिएको समुह छलफलको निष्कर्ष प्रस्तुत गरिएको थियो ।सामाजिक परिक्षणको क्रममा कार्यालयमा गुनासो पेटिका भएको, सूचना पार्टीको व्यवस्था, संस्थाका नीति–नियम आवश्यक परेको खण्डमा सहजै हेर्न सकिने, आवश्यक फर्निचर, कम्प्युटर, कर्मचारी लगायतको व्यवस्था रहेको सार्वजनिक गरिएको थियो । त्यस्तै संस्थाद्धारा संचालित हेफर, सु–आहारा तथा पारस्पारिक जवाफदेहिता कार्यक्रमको प्रभावकारिता राम्रो रहेको जनाइएको छ ।

तर संस्थाले गुनासो पेटिका समय–समयमा खोल्नुपर्ने, विद्युतिय सामग्रीको मर्मत गर्नुपर्ने, कार्यालयमा स्टोर व्यवस्थित गर्नुपर्ने, कर्मचारीको कार्यकक्षमा महत्वपूण सामग्री, फाईल आदि यथास्थानमै छोडिएकोले सुरक्षित राख्नुपर्ने सुझावहरु दिइएको छ । महिला स्वास्थ्य् स्वयम् सेविकाहरुलाई अतिरिक्त सुविधाको व्यवस्था हुनुपर्ने तथा कर्मचारीले परियोजनाका सरोकारवालाहरुलाई सहि समयमै सूचना प्रवाह गर्नुपर्नेमा पनि जोड दिइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ५ नम्बर प्रदेशका सासंद दिनेश पन्थीले पारदर्शिताको सम्बन्धमा संस्थाले गरेको कार्य प्रशसंनिय भएको बताए । त्यसका साथै सरकारको लक्ष्य पुरा गर्नमा विभिन्न गैर सरकारी संस्थाले पनि महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।संस्थाका अध्यक्ष हिरा एसीले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिएका दिए । कार्यक्रममा आशा अपाङ्ग केन्द्रका व्यवस्थापक गगां रायमाझिलाई पनि सम्मान गरिएको थियो । जिल्लामा रहेर अपाङ्गहरुको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै रायमाझिलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सासंद गिता थापा, रेसुङ्गा नगरपालिकाका उप–प्रमुख सिता भण्डारी, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend