साझा नेटवर्क
गंगा भन्डारी, बुटवल मंसिर ३० ।
प्रदेश ५ को नाम लुम्बिनी राख्न बिशेष समितिले सिफारिस गरिएको छ । प्रदेशको नाम तथा राजधानी तोक्न गठन गरिएको विशेष समितिले यस्तो सिफारिस गरेको हो ।

समितिको बैठकले नाम सिफारिस गरे पनि प्रदेश सभालाई बुझाउने र सार्वजनीक गर्ने काम अझै गरेको छैन । समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही गरी तीन स्थान सिफारिस गर्ने तयारी गरेको संसदीय विशेष समिति एक सदस्यले बताए ।
एकै ठाउँमा राजधानी तोक्दा विवाद आउने भएपछि यसो गरिएको उनको भनाइ छ ।समितिको सिफारिस लाई प्रदेश सभा बैठकको दुई तिहाइले पारित गर्नु पर्ने प्रावधान छ ।
डेढ वर्षअघि गठित समितिले नामको जिम्मेवारी पूरा गरे पनि राजधानी कहाँ भन्ने एकिन सिफारिस गर्न सकेको छैन । नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिए पछि प्रदेश सभा बैठकले २०७५ साउनमा प्रदेश सभा सदस्य दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend