logo
  • शनिबार, कार्तिक २२ २०८३

स्थानीय तहदेखि केन्द्र सरकारसम्म मौलाउदै भ्रष्टाचार


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

बुटवल, मंसिर २९ ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले पछिल्लो समय स्थानीय तहदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार मौलाउँदै गएको दाबी गरेका छन् ।

मुलुकमा भ्रष्टाचार र विकृतीहरु व्यापक रुपमा वृद्धि भएको बताउँदै पहाडीले त्यसलाई रोक्न राजनीतिक दलहरुमा दृढ इच्छा शक्तिको कमी भएको बताए ।

मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आईतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पहाडीले लोकतन्त्र धरापमा परेको बताए ।

विप्लव नेतृत्वको नेकपा जनतामा छाएको निराशालाई भजाएर आफ्नो राजनीति टिकाउने खेलमा लागेको दाबी गर्दै उनले सरकार पनि अहिलेकै अवस्थामा सरकार टिकानउने खेलमा रहेको आरोप लगाए ।

एक फरक प्रसँगमा पहाडीले भारतले नेपालको भूमी मिचेको सम्बन्धमा प्रधानमन्त्रीलाई स्वयत पत्र जारी गर्न आग्रह गरे ।
मानव अधिकार तथा शान्तिसमाजको यही मंसिर २७ र २८ गते दुईदिन सम्म बसेको राष्ट्रिय परिषद बैठकले विभिन्न १२ वटा निर्णय गर्दै सम्पन्न भएको थियो ।

बैठकमा भारतद्वारा नेपालको सिमा अतिक्रमण, जलवायु परिर्वानको असर, मानवअधिकार आनदोलन तथा लागुऔषध दुव्र्यसन अन्तका लागि अभियान, मानव बेचविखन तथा ओसारपसार लगायत गम्भीर अपराधका बारेमा, कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने तथा वैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्यका लागि अभियान सञ्चालन लगायत महत्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको अध्यक्ष उत्तम पुडासैनीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend