साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी मंसिर २९।
गुल्मी सेवा समाज ओमानले छात्रकोट गाउँपालिका नरम बस्ने एकै घरपरिवारका ४ जना अशक्त तथा अपाङ्गलाई इन्द्रेणी कार्यक्रम मार्फत आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
समाजका कोषाध्यक्ष ठाकुर प्रसाद डम्बरपालको उपस्थितिमा इन्द्रेणी कार्यक्रम मार्फत गत सोमबार २३ मंसिर सहयोग हस्तान्तरण गरेको हो । गुल्मी सेवा समाज ओमानले इन्द्रेणी परिवारलाई हार्दिक धन्यवाद प्रकट गरेको छ। साथै यस अभियानमा अहोरात्र खट्नुभएका संस्थाका खेलकुद संयोजक श्रीराम थामी लगाएत आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण मानुभावहरुमा समाजले बिशेष हार्दिक आभार प्रकट गरेको छ ।
समाजको तर्फबाट इन्द्रेणीको लागि दस हजार छुट्टयाइएको थियोे भने पीडित परिवारको लागि समाज तथा अन्य सहयोगी दाताहरुबाट अन्ठानब्बे हजार एकाउन्न रुपियाँ सहयोग संकलन भएको थियोे । संस्थाका खेलकुद संयोजक श्रीराम थामी र समाजका आजिवन सदस्य रुद्रप्रसाद ढकालले इन्द्रेणी कार्यक्रमका कृष्ण प्रसाद कंडेललाई सहयोग स्वरुप एक हजार र जो दृष्टि बिहिन छन, उहाँलाई पनि चार हजार गरि पाँच हजार सहयोग गर्नुभएको गर्नु भएको थियो ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend