logo
  • शनिबार, कार्तिक २२ २०८३

धनुषा विस्फोटमा संलग्नमाथि कारवाहीको माग गर्दै निजी विद्यालय र क्याम्पस बन्द


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

जनकपुर, मंसिर २९ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रवार मध्यरातमा भएको बम विस्फोटमा एक विद्यार्थीसहित तीन जनाको ज्यान गएपछि आज जिल्लाभरका संस्थागत विद्यालयहरु बन्द गरिएको छ।

घटनामा दुःखद भएको भन्दै शोकमा धनुषाका सबै विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय प्याब्सन धनुषाले गरेको छ। प्याब्सनका अध्यक्ष चन्द्रनारायण मण्डलले विज्ञप्ती जारी गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हाे। उनले बम विस्फोटको आततायी घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न समेत जोडदार माग विज्ञप्ती मार्फत गरेका छन्।

उक्त बिस्फोटमा परी प्रहरीनिरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश भनिने राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो। राजेशका छोरी निक्की, अर्का छोरा प्रकाश र एक प्रहरी जवान समेत घाइते छन्। उनीहरुको उपचार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई महिलासहित तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। घटनाको छानविनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसादसाहको संयोजकत्वमा ७ सदस्यी छानविन समिति समेत बनाइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend