साझा नेटवर्क
अनिल खत्री गुल्मी श्रावण १२ ।
केहिदिनयता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण देशभर ठुलो जनधनको क्षतीभएको भन्दै सांसद गोकण विष्टले एक प्रेस विज्ञप्ती जारी गदै दुःख प्रकट गर्नुभएको छ ।
दर्जनौं नेपालीहरुको ज्यान जाने गरी गएको बाढी र पहिरोले हजारौं व्यक्तिहरु विस्थापितभएको विज्ञप्तीमा उल्लेख छ । अकल्पनीय प्राकृतिक विपत्तीले पु¥याएको क्षतिले आफुलाई दुखीत तुल्याए भन्दै बाढी पहिरोमा परेकानागरिकलाई तत्काल उद्धार तथा घाइतेहरुको उपचार र जोखिमपूर्ण अवस्थामा रहेका वासिन्दालाई तत्काल सुरक्षित स्थानमा लैजानु पर्नेमा सांसद विष्टद्धारा हस्तारिक्षत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यो संकटको घडीमा स्वयंंसेवीभावनाले राहत तथा उद्धारको काममा लाग्नु हामी सबैको कर्तव्य भएकाले सबैलाई आ–आफ्नो क्षेत्र बाट सहयोग गर्न आग्रह समेत गर्नुभएको छ। प्रकृतिले निम्ताएको विपत्तीले हाम्रो जिल्ला गुल्मीमा पनि ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै । गुल्मीमा मात्रै बाढी पहिरोमा परि अहिले सम्म७जनाको ज्यानगएको, दर्जनौं घाइते भएको तथा सयौं घरवार विहीनभएको खवरले मर्माहत तुल्याएको उक्त विज्ञप्तीमा बताइएको छ ।
प्राकृतिकविपत्तीमा परि ज्यानगुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तव्ध परिवारप्रति समवेदना प्रकट गर्दै यो विपत्तिमा ज्यान गुमाएका परिवारलाई उचित राहततथाक्षतिपुर्तीकालागि र जोखिममा रहेकाहरुको यथाशिघ्र उद्धार गरि उचितपुनःस्र्थापनाको लागि सरकारको गम्भिर ध्यानाकर्षण समेत जनाइएको सांसद विष्टद्धारा हस्तारिक्षत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend