logo
  • शनिबार, कार्तिक २२ २०८३

सडक दुर्घटनाप्रति सरकार गम्भीर : नेता बिष्ट


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी  मंसिर २८ ।
पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सडक दुर्घटनाले सरकार गम्भीर भएको बताए ।
उनी शुक्रबार इस्मा गाउँपालिकाले आयोजना गरेको शोक सभालाई संबोधन गर्न तथा शोकाकुल परिवारसंग भेटघाट गर्न इस्मा पुगेका थिए । शोक सभालाई संबोधन गर्दै बिष्टले दुर्घटनाको समिक्षा सरकारले गरिरहेकाले ठोस योजना मार्फत दुर्घटना न्यूनिकरणका उपाय खोज्ने बताए ।
साथै उनले घाइतेहरुको उपचार खर्च र दुर्घटनामा दिवंगत भएका बिपन्न पीडित परिवारकाको जिविकोपार्जनको जिम्मा राज्यले लिने बताए । उनले बिज्ञप्ती निकालेर मात्रै पीडितको न्याय नहुने भएकाले बाँच्ने परिवारको भविष्यका बिषयमा आफु गम्भीर रहेको बताए । त्यस्तै उनले इस्मा गाउँपालिका ४ दोहलीको पैयाँपाटामा पुगेर सवै शोकमा रहेका कार्की परिवारसंग भेटघाट गरेका थिए ।
सोहि क्रममा आमा र बहिनी गुमाएकी १६ बर्षीया इशा कार्कीको सम्पूर्ण अध्ययनको जिम्मा आफुले लिने नेता बिष्टले बताए । नेकपाका जिल्ला नेता हिरा एसीले एउटै गाउँका थुप्रै व्यक्तिले ज्यान गुमाएकाले दुर्घटनाको समिक्षा गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले दुर्घटनाको कारण पीडित परिवारले थाहा पाउनुपर्ने बताए । उनले ठुला मान्छे दुर्घटनामा परे छानबिन समिति गठन गर्ने तर एउटा गाउँकै १५/१६ जनाले ज्यान गुमाउँदा राज्य गुमनाम हुने बिडम्बनाको बिषय भएको बताए ।

गत १७ मंसिरमा कुल पुजाको लागि बाग्लुङ्ग हिडेको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए । भने तीन जना घाइते भएका थिए । उपचारको क्रममा चार दिनपछि निमा केसीको पनि ज्यान गएको थियो । बिष्टले दुर्घटना भएकै दिन घाइते हिमाल कार्की, निमा केसी तथा जीवन कार्कीलाई हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाण्डौ लगेका थिए ।

इस्मा गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति २० हजारका दरले राहत दिने निर्णय गरेको छ । शोक सभामा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले मृतकका परिवारलाई प्रतिव्यक्ति २० हजारका दरले राहत दिने जानकारी गराएका थिए । साथै आफैहरुले दुर्घटना स्थलको उद्धारदेखि दाहसंस्कारसम्मको सम्पूर्ण खर्च गाउँपालिकाले व्योहोर्ने बताए ।

केहि दिन अघि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा ३० थान कम्बल बितरण गरिएको थियो । चिसो मौषम भएकाले किरियामा बसेका परिवारलाई थप कष्ट नहोस भनेर रेडक्रस, उद्योग बाणिज्य संघले उपलब्ध गराएका कम्बल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend