साझा नेटवर्क
कमल पौडेल,गल्कोट(रिघा) मंसिर २७ ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले १० वर्षमा देश विकासले कायापलट हुने बताउनु भएको छ । रत्नलक्ष्मी मावि गल्कोट नगरपालिका ११ रिघाको हिरक महोत्सवको अवसरमा बोल्दै सांसद समेत रहनुभएका पौडेलले उत्तर तथा दक्षिणबाट रेलले जोड्ने गरि काम अगाडि वढाउन लागिरहेको बताउनु भएको छ ।
६० वर्ष देखि भारतले नेपालको लिपुलेक सहितको केहि भाग आफ्नो नक्सामा राखेको त्यसलाई कुटनितिक क्षेत्रवाट भूमि फिर्ता गरिने बताउनु भएको छ । कसैको हस्तक्षेप स्वीकार्य नभएको भन्दै साँसद पौडेलले आफ्नो वाहेक भूमि पनि नचाहिएको आफ्नो भुमि पनि नछोड्ने दृढता व्यक्त गर्नुभएको छ । साँसद पौडेलले रत्नलक्ष्मी माविको नवनिर्मित ४ कोठे भवनको समेत उद्घाटन गर्नुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका सदस्य रुपा विश्वकर्मा, पूर्व प्रधानाध्यापक दामोदर शर्मा, सहयोगदाता सोम श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
औपचारिक कार्यक्रम हिरक महोत्सव मुल समारोह समितिको अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता, शिक्षक नारायण पौडेलको स्वागत मन्तव्य तथा शिक्षक देव विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको छ । महोत्सवको अवसरमा खुल्ला फुटवल प्रतियोगीता, विद्यालय स्तरीय छात्र तथा छात्रा भलिवल प्रतियोगीताको प्रथम चरणका कार्यक्रमहरु सम्पन्न भएका छन् । हिरक महोत्सवको अवसरमा सहयोग गर्ने चन्दादातालाई पञ्चैवाजा, पञ्चकन्या सहित सम्मान गरिएको छ। त्यस्तै लोकदोहोरी गायीका देवी घर्ति सहितका कलाकारले आफ्नो प्रस्तुती दिनुभएको थियो । कार्यक्रम २९ गते सम्म चल्ने विद्यालयले जनाएको छ ।
यसैविच छात्रा भलिवलमा गल्कोट नमुना मावि लाई २–१ सेटले पराजित गर्दै त्रिभुवन नमुना मावि खर्वाङ फाइनलमा पुगेको छ । भोलि हुने रत्नलक्ष्मी मावि ए र जनजागृति मावि काँडेवास मध्येवाट एउटा टिम फाइनलमा पुग्नेछ। फाइनल खेल २९ गते हुने विद्यालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend