साझा नेटवर्क
काठमाडौं, मंसिर २६ ।
केही सयम अगाडि काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं विभिन्न स्थानका मानिसहरुले सामाजिक सञ्जालमा भूकम्पको धक्का महशुस गरिएको बताएका छन्।
भूकम्प मापन केन्द्रले ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको जनाएको छ।
सिन्धुपाल्चोको सर्माथाङमा केन्द्र विन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो। भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा महशुस गरिएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend