logo
  • शनिबार, भाद्र २० २०८३

पुर्व मन्त्रि थकालीसंग जनसम्पर्क समितिको भेटघाट सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
पुर्ब बाणिज्य मन्त्रि एवं नेपाली कांग्रेसका नेता रोमी गौचन थकाली संग नेपाली जनसम्पर्क समिति कतारले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

भ्रष्टाचार विरुद्ध सांसदहरूको विश्वव्यापी संगठनको सदस्य रहेका उनि सातौ विश्व सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन कतार आएका हुन जनसम्पर्क समितिले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समितिका प्रमुख सल्लाहकार तथा नेपाली कांग्रेस महासमिति सदस्य बिमल सुवेदीले खादा लगाएर स्वागत गरेका थिए ।

सम्मेलनका लागि दोहा आउदै गर्दा मेरा लाखौ नेपाली दाजुभाइ पनि आफ्नो श्रमका लागि यहि हुनुहुन्छ वहाहरुको अवस्था प्रत्यक्ष बुझ्न पाउछु भनेर नेपाल बाटनै बिमल जी संग सम्पर्क गरेको थिए यो भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत उक्त अवसर पाउदा खुशी लागेको बताए यहाहरुका सबै सल्लाह सुझाव सम्बन्धित ठाउमा पुर्याउने प्रतिबद्दता गरेका थिए ।

कार्यक्रममा प्रमुख सल्लाहकार बिमल सुवेदीले श्रम सम्बन्धि नया नियमले श्रमिकहरुले भोग्नु परेको सास्तीलाइ नेपाल सरकार तथा श्रम मन्त्रालयमा पठाएको ज्ञापन पत्रको कपि प्रदान गर्दै उक्त बिषयमा पहल गर्न अनुरोध गरेका थिए ।

कावा सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण महामन्त्री मोहम्मद अजिज अलिले गरेका थिए ।

कार्यक्रममा नेका महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिंह, धिरज राइ सल्लाहकार मोहम्मद शाकिर अलि, सहमहामन्त्रि केदार भुसाल सचिवालय सदस्य अबु अलि, लगायत ठाकुर कुमार परियार, राम कुमार मण्डल, केदार शर्मा, राकेश श्रेष्ठ, रामेश्वर मण्डल, शेख हनिफ मिया, अर्जुन चापागाई, श्याम कुमार डाँगी, दिप जंग शाही, रफिक मिया, हुसैन मिया सहित उपस्थित सबैले आफ्नो परिचय र जिज्ञासा सल्लाह सुझाव राखेका थिए । थकाली तिन दिने कार्यक्रम सकेर नेपाल फर्की सकेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend