साझा नेटवर्क
अराज बेल्बासे, अर्घाखाँची मंसिर २५।
जिल्ला शासन कार्यालय अर्घाखाँचीले बढ्दो दुर्घटना न्युनिकरण र जोखिम कम गर्न १० चक्के सवारी साधनमा रोक लगाउने निर्णय गरेको छ ।
सडक क्षमता भन्दा बढी भार वहन गरेको भन्दै १० चक्के सवारी सञ्चालनमै रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु राज अधिकारीले जानकारी दिनु भयो । १० टन सडकभार क्षमता भए पनि १० चक्के सवारीले १८ देखि २०/२२ टन सम्म बोक्ने गरेको भन्दै सञ्चालनमै रोक लगाएको बेल्बासेले बताउनु भयो ।
यस्तै अत्याधिकमात्रमा चल्ने टिप्परहरुको चापले मोटरसाइकल तथा पैदलयात्री समेत त्रसित बनेको भन्दै टिप्पर सडकमा एक बाट अर्कोको दुरी कम्तीमा १० मिनेट फरक हुनु पर्ने निर्णय भएको छ । एउटा टिप्पपर आउने बित्तिकै अर्को टिप्पर आउन अब पाउने छैन कम्तिमा १० मिनेटको दुरीमा टिप्पर सञ्चालन गर्नु पर्ने छ । यस्तै टिप्परहरुले क्षमता भन्दा बढी सामान बोकेमा कारवाही हुने पनि जिल्ला प्रशासन कार्यालय अर्घाखांचीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend