logo
  • शनिबार, कार्तिक २२ २०८३

सागको भव्य समापन


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

काठमाण्डौ, मंसिर २५ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन जस्तै समापन समारोह पनि भव्य भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई थप झकिझकाउ बनायो ।

१ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर बुद्ध, नेपालको नक्सा र झण्डा, मन्दिरजस्ता आकृतिहरु बनाइएको थियो ।

आतिसबाजीसँगै ड्रोनको प्रयोगले नयाँ र आकर्षक कलाकृति प्रदर्शन गर्न सकिन्छ । यसलाई सफ्टवेयरबाट नियन्त्रण गरिने भएकोले ड्रोन प्रयोग गर्न सजिलो हुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend