logo
  • शनिबार, कार्तिक २२ २०८३

अघिल्लो वर्षको वेरुजु फस्र्यौट भैसकेको मुसिकोट नगरपालिकाको स्पष्टिकरण, भ्रममा नपर्न आम नागरिकलाई आग्रह


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,बागलुङ मंसिर २४ ।

गुल्मीको मुसिकोट नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७५ मा आर्थिक वर्ष २०७४÷०७५ को लेखापरिक्षण प्रतिवेदन अनुसार बेरुजु रकम ४ करोड ३४ लाख १ हजार ४२० भएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको छ । आम सञ्चार माध्यममा विभिन्न समाचार तथा क्रिया प्रतिक्रिया आएको भन्दै नगरपालिकाले गत वर्षको वेरुजु फस्र्यौट भैसकेको जानकारी गराएको छ ।

नगरप्रमुख सोमनाथ सापकोटा द्धारा हस्ताक्षरीत विज्ञप्तीमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि दिइएको पेश्की २ करोड ७५ लाख ७२ हजार ८ सय गत श्रावणमै फस्र्यौट भएको, योजना सञ्चालनका लागि नियमानुसार दिइएको पेश्की ९८ लाख ५९ हजार १ सय ५३ रुपैया विकास आयोजना सम्पन्न हुँदा पूर्ण फस्र्यौट हुने, नियमित गर्नुपर्ने ५२ लाख ९१ हजार ६ सय ६९ रुपैया थप प्रमाण सहित सम्परीक्षण पश्चात रुजु हुने र असुल गर्नुपर्ने ६ लाख ७८ हजार ६ सय ९८ रुपैया असुल उपर गरिसकिएको स्पष्ट पारीएको छ । विज्ञप्तीमा यस आर्थिक वर्षको लेखापरीक्षण भैनसकेकोले सम्परीक्षण नगरीएको, वेरुजुहरु फस्र्यौट भैसकेको तर सम्परीक्षण गर्न वाँकी रहेको तथा यस आर्थिक वर्ष २०७५÷७६ को लेखा परीक्षण भई समयमै रुजु हुने बताइएको छ ।

सुशासन प्रवद्र्धनका लागि नागरीक सञ्जाल गुल्मीले सोमवार प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला भरका सरकारी कार्यालयहरुको आर्थिक अवस्था समेटेर प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनले केहि अन्योलता सिर्जना गरेको भन्दै नगरपालिकाले प्रष्टीकरण दिएको हो ।

प्रेस विज्ञप्ति-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend