साझा नेटवर्क
साझा नेटवर्क, बाग्लुङ्ग मंसिर २२ ।
बागलुङको बरेङमा कुल पूजामा पुगेर फर्किदै गरेको जिप दुर्घटना भएको छ। हुग्दिशिर राहकोटबाट बरेङतर्फ जाँदै गरेको जिप पोखरा चौरमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिपमा सवार १३ जना मध्ये ११ जना घाइते भएका छन् । घा’इ’ते मध्ये ३ जना गम्भीर रहेका छन् ।
ध १ज १८३ नम्बरको जिप दु’र्घ’ट’नामा ४० वर्षीय श्यामबहादुर पुन र ३५ वर्षीया दीलकुमारी पुन सैनामैना , ६० वर्षीय मतीलाल श्रीष र तिलमाया श्रीष रुपन्देही बुटवल, बरेङ २का ३२ वर्षीय विष्णु श्रीष, १८ वर्षीया इच्छा श्रीष, ४० वर्षीया तिलकुमारी छन्त्याल, २६ वर्षीया कमला बिक, ३९ वर्षीया कमला पुन र जिप चालक अनिल घर्ती’मगर रहेका छन् ।
त्यस्तै गुल्मी कालिगण्डकी ७ की २३ वर्षीया सुस्मा पुन पनि घा’इ’ते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये इच्छा, विष्णु, तिलकुमार छन्त्याल तथा तिलकुमारी पुन र कमला बिकलाई पोखरा रेफर गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend