logo
  • शनिबार, भाद्र २० २०८३

द भ्वाईस अफ नेपाल सिजन – २ का विजेता राम लिम्बु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,काठमाडौं मङ्सिर २२ ।
चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ दोस्रो अडिसनको उपाधि राम लिम्बुले जितेका छन् । काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा शनिबार मध्यरातमा सम्पन्न फिनालेबाट उनी दोस्रो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् ।राम टीम प्रमोदबाट विजयी भएका हुन् । दर्शकले दिएको भोटको आधारमा उनी दोस्रो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् । योसँगै उनले १० लाख नगद,ड्याट्सन गाडी,म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन् । कम भोट प्राप्त गरेका कारण विकास लिम्बु,सनिष श्रेष्ठ र आरिफ रौफको भ्वाइस अफ नेपाल बन्न सकेनन् । विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भयो ।

रियालिटी सो मा दीप श्रेष्ठ,प्रमोद खरेल,राजु लामा र आस्था रावत कोचको भूमिका रहेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend