logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा एकजनाको धरौटी जफत


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी, मंसिर २० ।

मंसिर १४ गते भएको उप–निर्वाचनमा गुल्मीमा एकजनाको धरौटी जफत भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्धार मन बहादुर दर्लामीको धरौटी जफत भएको हो । रिमुवामा कुल मतदाता दुई हजार ४८ मध्ये एक हजार ५४४ मत खसेको थियो ।

जसमा १४ मत बदर भई कुल एक हजार पाचँ सय ३० मत सदर भएको थियो । निर्वाचनको नियमअनुसार कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेद्धारको धरौटी जफत हुने गर्दछ । जसअनुसार प्रत्येक उम्मेद्धारले आफ्नो धरौटी जोगाउन न्यूनतम १५३ मत ल्याउनु पर्दथ्यो । तर दर्लामीले एक मत अर्थात ०.०००६ प्रतिशत मत ल्याएका थिए ।

दर्लामीले धरौटीस्वरुप बुझाएको एक हजार रुपैँया जफत भएको जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा श्याम पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend