साझा नेटवर्क
कमल पौडेल, बागलुङ मंसिर १७ ।
मृतक १४ जना कै पहिचान खुलेको छ। मृत्यू हुने हरुमा गुल्मी जिल्ला इश्मा ४ वस्ने वर्ष २५ को चालक रेशम थापा, इश्मा ४ बस्ने वर्ष २८ को सुचना कार्कि, इश्मा ५ बस्ने वर्ष ४० को बसुन्धरा कार्कि, इश्मा ५ बस्ने वर्ष २३ को माया थापा रहेका छन ।

त्यस्तै बर्दघाटन २ चिसापानी वस्ने वर्ष ६० को मुना कार्कि, बडिगाड ५ वस्ने वर्ष ५५ को लक्ष्मी केसि, इश्मा ४ बस्ने वर्ष ४० को सिता कार्कि, इश्मा ४ वर्ष ६५ को झवि कार्कि, इश्मा ४ कै वर्ष ४० को महेन्द्र कार्कि, कन्चनपुरका वर्ष ५५ का धन बहादुर कार्कि, इश्मा ४ का वर्ष ४५ को भुमि कार्कि छ्न ।

यसैगरी इश्मा ४ कै वर्ष २५ को मिना वस्नेत, इश्मा ४ कै वर्ष ६५ का धन बहादुर कार्कि र वर्ष २ कि अनुस्का कार्कि (मृतक सिता कार्किकी छोरी) रहेको घटना स्थलवाट प्रहरी नायव निरिक्षक रिन बहादुर बैदवारले जानकारी दिनुभएको छ।
हराइरहेका १ जना भेटिएका छैनन्।
घाइतेको उद्धारको लागी नेपाली सेनाको हेलिकप्टर बुर्तिवाङ आइपुगेको छ। हेलिकप्टरमा माननिय गोकर्ण विष्ट पनि आइपुग्नुभएको छ। तत्कालै घाइतेलाई हेलिकप्टरवाट काठमाडौं लैजाने तयारी भएको छ। जिपमा १८ जना सवार रहेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend