logo
  • शनिबार, कार्तिक २२ २०८३

बागलुङमा पिकअप दुर्घटना, १३ जना घाइते


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

बागलुङ, मंसिर १४ ।
बागलुङको बरेङ गाउँपालिकाबाट विद्यार्थी बोकेर बलेवाका लागि हिँडेकोे ध१ज २०७ नम्बरको पिक अप भ्यान जैमिनी नगरपालिका–१ कुश्मीशेरामा दुर्घटना हुँदा १३ जना घाईते भएका छन् ।

घाईते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्राथमीक स्वास्थ्य केन्द्र कुश्मीशेराले जनाएको छ । उनिहरुलाई स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाईएको जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए ।

गम्भिर घाईते हुनेमा जुम्लाकी उमा उपाध्याय, धनगडीका दिलीशा सिंह ठकुरी, पर्वतका प्रमिला परियार र सर्लाहीका पृथ्वीनारायण शाह रेहेको प्रहरी चौकी कुश्मीशेराले जनाएको छ ।

थप ९ जनाको प्राथमीक स्वास्थ्य केन्द्र कुश्मीशेरामा उपचार पछि उनीहरुलाई पनि अञ्चल अस्पताल बागलुङ पठाईएको छ । स्वाथ्स्य केन्द्रका अनुसार एक्सरे समेत त्यहाँ नहुने भएकाले सामान्य घाईतेलाई समेत जिल्ला सदरमुकाममा रहेको अञ्चल अस्पाताल पठाउनुपरेको हो ।

पिकअप भ्यान सडकमा उत्तानो परेको प्रहरी चौकी कुश्मीशेराका प्रमुख अमृत मगरले बताए । घाईते यात्रुहरुका अनुसार वलेवामा रहेको धौलागिरी पोलिटेक्नीक इन्स्टीच्युटअध्ययनरत बिद्यार्थी बरेङ गाउँपालिकामा शिविरका लागि पुगेर फर्किंदै गर्दा दुर्घटना भएको हो ।

कच्चि सडकबाट पक्कि सडकमा प्रबेश गर्दा बित्तिकै गतिबढाएको सवारी साधनकै कारण घुम्तीमा दुर्घटना भएको हुनसक्ने थापाले बताए । क्षमता भन्दा धेरै यात्रु रहेछन्’ थापाले भने ‘ट्रनिङमा एक्कासी पल्टिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend