साझा नेटवर्क
अर्घाखाँची, मंसिर ११ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १७ जनाको घट्ना स्थलमै र १ जनाको उपचारका लागि बुटवल लैजादै गर्दा ठाडामा निधन भएको प्रहरीले जनाएको छ ।

घटनामा १३ जना घाइते भएका छन । घट्नामा गम्भिर घाइते ११ जनालाई बुटवल रिफर गरिएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनुभयो ।
घाइते मध्ये १० जनाको अवस्था गम्भिर छ । २ जनाको सन्धिखर्कमा उपचार भैरहेको छ । सन्धिखर्कबाट बुटबलका लागि जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । बस मोड कटिङ्ग गर्ने क्रममा सडकबाट पल्टिएको हो ।
घाइते १४ जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बसमा कती जना सवार थिए भन्ने अझै पनि एकीन हुन सकेको छैन । बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरेको थियो । रातको समय र ठाउ अप्ठ्यारो भएका कारण आजलाई उद्धार कार्य स्थगीत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जनाउनु भयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend