logo
  • शनिबार, कार्तिक २२ २०८३

अर्घाखाँची बस दुर्घटनामा १७ जनाको ज्यान गयो


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, अर्घाखाँची मंसिर ११।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै र बाँकी ७ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा १० जना महिला र ७ जना पुरुष रहेका छन् ।घाइतेलाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend