साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा गत आइतबार साईबर सुरक्षा सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कतारमा स्थापित संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा साईबर सुरक्षा विज्ञ डा. रामहरि सुवेदीले साईबर सुरक्षा र सचेतनाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।प्रशिक्षक सुवेदीले दैनिक जीवन संग जोडिएको इन्टरनेटको प्रयोग संगै अपनाउनु पर्ने भन्दै सचेतना अपनाउन नसक्दा दुर्घटना निम्तन सक्ने बताउनुभयो ।
सुवेदीले आफनो कामका लागि उपयोगी एपेल्किशेन मात्रै प्रयोग गर्न, आराम गर्ने बेला वा महत्त्वपूर्ण बैठकमा सकेसम्म मोबाइल अफ गर्नुपर्ने नत्र ईन्टरनेट बन्द गर्नुपर्ने, कसैबाट मिलेका इलेक्ट्रोनिक सामान प्रयोग गर्नु पुर्व राम्रो संग चेक गर्न तथा फ्री वाइफाइ प्रयोगमा सचेत रहनपर्ने बताएका थिए । साथै नेपालको डाटाबेस प्रणाली एकदमै असुरक्षित रहेको भन्दै सरकारले साइवर सुरक्षा सम्बन्धि शिक्षामा जोडदिएर त्यहाँबाट उत्पादन भएको जनशक्तिलाई नेपालमै रोजगारको श्रीजना गर्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली राजदुतावास कतारका द्व्रितिया सचीव ऋचा भट्टराईले दैनिक जीवन सँग जोडिएको ईन्टरनेटको प्रयोगमा अपनाउनु पर्ने सचेतना कार्यक्रम सबैका लागी रहेको बताउनुभयो । साथै महत्त्वपूर्ण कार्यक्रमको लागी समय दिनुहुने प्रशिक्षक र कार्यक्रमको संयोजन गर्ने एनसीसी कतारलाई धन्यवाद व्यक्त गर्दै एनआरएनए कतारले आगामी दिनमा पनि यस्ता उपयोगी संदेश मुलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन ।
कार्यक्रममा नेपाली दूतावास परिवार, गैरआवासीय नेपाली संघका सल्लाहकार टिवि कार्की, मध्यपुर्व संयोजक प्रवीन गुरुङ, आइसिसी सदस्य रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा, केबि हमाल लगाएत एनआरएनका अभियानता, बैचारिक संगठनका प्रमुख एवं प्रतिनिधि, कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले साईबर सुरक्षा विज्ञ डा. रामहरि सुवेदीको दोहामा परेको ट्रान्जिटको समयलाई सदुपयोग गर्दै आयोजना गरेको भन्दै सहभागि सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रम गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका द्व्रितिया उपाध्यक्ष टंक कुमार खड्काले स्वागत र महासचिव पदम गिरिको सञ्चालनमा सम्पन्न भएको एनसीसी प्रवक्ता सन्तोष क्षत्रीले साझा नेटवर्कलाई जानकारी दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend