logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल–जापान मैत्री सम्बन्ध र नेपाल फेस्टिवल


  • संगीता कुँवर
  • शनिबार, भाद्र २० २०८३

SANGITA-संगिता कुवँर, टोकियो, जापान ।
नेपाल–जापान सम्बन्ध ६० वर्ष देखिको हो । नेपाललाई माया गर्ने थोरै देशमध्येको एक जापान पनि हो भनिन्छ । नेपालको विकासमा लामो समयदेखिको साझेदर जापान छ । नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृति, प्राकृतिक लगायत रहेको छ । विभिन्न तवरबाट नेपाल र जापानको सम्बन्ध जोडिएको पाइन्छ ।

नेपाल–जापान मैत्री तथा कूटनीतिक सम्बन्धको ६० औं वर्षको अवसर र नेपालको सांस्कृतिक तथा प्राकृतिक पहिचानबारे जापानी माझ बुझाउन पछिल्लो समय विभिन्न कार्यक्रम भईरहेका छन् । आगामी दिनमा जापानमा नेपाल फेस्टिबल समेत हुदैछ । यो फेस्टिबल गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा हुन लागेको हो । नेपाली राजदुतावास टोकियो तथा परराष्ट्र मन्त्रालयको बिषेश सहयोग फेष्टिबलमा छ ।

अगष्टको ६ र ७ मा टोकियोको योयोगी पार्कमा फेष्टिबल हुने भएको हो । एनआरएनए जापानका अध्यक्ष एवम फेस्टिबल मुल आयोजक समितिका संयोजक सुदन थापाका अनुसार, “अतिथि देवो भव” भन्ने नारासंगै जापानी समुदायबिच कला संस्कृति, भेषभूषा लगायतका मौलिक पहिचानबारे अझ व्यापक रुपमा प्रवद्र्धन गर्न फेस्टिबल आयोजना गरिकोे हो । जापानलाई हामी हेर्ने हो भने यहाँ अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारिसकेको छ ।

जापानका नागरिकहरुमा राष्ट्रियताको भावना, सामुहिक मेलमिलाप, इमान्दारिता, कामप्रति जिम्मेबार जस्ता उल्लेख्य गुणहरु देख्न सकिन्छ । मेरो बसाइँको अनुभवले पनि यस्तो देखाएको छ । जसका कारण जापान साँच्चिकै भौतिक विकासको क्षेत्रमा अग्रपंक्तिमा दरिन सफल भएको देखिन्छ । जापान र जापानीसंग नेपालको कुटनितिक मात्रै होईन भावानात्मक र आत्मिय सम्बन्ध रहेको पुष्टि विभिन्न कारणबाट हुन्छ । अझ गत वर्षको विनाशकारी भुकम्पको बेला जापानले नेपाललाई गरेको सहयोगले झनै यसलाई दरिलो बनायो ।

जापानीहरुले देखाएको सद्भाव, माया, ममता, सहयोगको जतिनै प्रशंसा गरे पनि कम हुन्छ भन्ने लाग्छ । त्यसो त जापान र नेपालको विकास तथा आर्थिक सहयोगी राष्ट्रहरु मध्ये एक मूख्य राष्ट्र पनि हो । जापानी आर्थिक तथा प्राविधिक सहयोगमा भएका विकासका नमुनाहरु नेपालमा सहजै भएका देख्न तथा उपयोग गर्न सकिन्छ । नेपालको विकासमा देखिएको साझेदार नै पुष्टि गर्ने आधारहरु हुन् । जापानमा पछिल्ला वर्षहरुमा नेपालीहरुको संख्यामा वृद्धि हुदै आएको छ ।

नेपालीहरुमा जापानप्रति मोह बढ्दो रुपमा देखिन थालेको छ । पछिल्ला केही तथ्याङ्कहरुलाई हेर्ने हो भने जापानमा वैद्यानिक रुपमै झण्डै ६० हजार नेपालीहरु छन् । त्यसका अलावा, अवैद्यानिकरुपमा बस्नेहरुको संख्या पनि उल्लेख्य रहेको अनुमान गरिन्छ । जापानमा विभिन्न व्यवसाय, अध्ययन अनुसन्धान रोजगारीका क्षेत्रमा नेपालीहरु सक्रिय छन् । हाल जापानका केही स्थानहरु नेपालीमय भएको देखिन्छ, जहाँ सर्वत्र नेपालीहरुको उपस्थिति देखिन्छ । केही वर्ष यतादेखि जापानमा अध्ययनकालागि आउने नेपालीहरुको संख्या ह्वात्तै बढेको देखिन्छ ।

सन् १९०२ मा पहिलो पटक आठ जना विद्यार्थीहरुको आवागमनबाट सुरु भएको जापान अध्ययनको यो सिलसिलामा अहिले संख्यात्मकरुपमा व्यापक परिवर्तन आएको छ । हाल वर्षेनी झण्डै ५ हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु जापान आउने गरेका छन् । यसरी अध्यन, भ्रमण, धर्म संस्कृति हुँदै फस्टाएको, नेपाल–जापान बिचको अनौपचारिक सम्बन्ध निकै पुरानो भएता पनि औपचारिक कुटनितिक सम्बन्ध स्थापना भएको भने यो वर्ष ६० औँ बर्षमा पुरा भएको छ । त्यसैले यो वर्ष जापान तथा नेपाल दुबै मुलुकमा ६० औँ वर्ष विशेष कार्यक्रमहरु आयोजना भईरहेका छन् ।

केहि समय अघि भुकम्पको बेला जापानले गरेको सहयोगको प्रशंसा गर्दै “धन्यबाद जापान“कार्यक्रम पनि सम्पन्न भएको थियो । जीवन भुवा भन्दा हलुका र कर्तव्य पहाड भन्दा वजनदार मान्ने जापानी पेसागत ईमान्दारिता प्रष्ट बिचारमा अब्बल छन् । इमान्दार, लगनशील, दृढ जापानीहरुबाट हामीले केबल आर्थिक तथा प्राविधक सहायता प्राप्त गरेर मात्र हाम्रो परिवर्तनको सपना पुरा हुन सक्दैन । बरु आर्थिक, प्राविधिक सहयोगसंगै उनीहरुको जस्तो निष्ठा, लगन र मेहनतका केही अंशहरुको मात्रै भए पनि अनुसरण गर्न सक्यौ भने धेरै प्रगति गर्न सक्ने छौ । पछिल्ला वर्षहरुमा नेपालीहरुको बढ्दो संख्यासंगै कतिपय जापानीहरु नेपालको संस्कृति कला भाषा भेषभुषासंग नजिक छन् ।

आत्मीयता पनि उत्तिकै दर्शाउछन् । अझ धेरै जापानीलाई बुद्ध जन्मेको देश सगरमाथाको देश प्राकृतिक रुपले सुन्दर देश बुझाउनै बाँकी छ । विदेशमा व्यस्तता र समयको पावन्दीका बिच देशको पहिचान र पर्यटन प्रर्वद्दन सम्बन्धी काम तथा कार्यक्रम हुन्छन् जसले गर्दा त्यी अवसरहरुमा पनि पर्याप्त प्रवद्र्धन गर्न सकिरहेका हुँदैनौँ । तर सरल तरिकाले लिने हो र आ आफ्नो स्थानबाट लाग्ने हो भने सहजै सम्भव पनि छ । ६० हजार नेपाली रहेको जापानमा, एक जना नेपालीले एक जना जापानीलाई नेपालको प्राकृतिक सुन्दरता र संस्कृतिबारे सुनायो बुझायो भने मात्र पनि हरेक वर्ष ६० हजार जापानीहरुसंग नेपालको पर्यटन विकास तथा व्यवसायीक संम्बन्ध अझ प्रगाढ बन्नसक्छ ।

हाल जापानका लागी नेपाली कार्यबाहक राजदुत गेहेन्द्रराज भण्डारी हुनुहुन्छ । जापानमा रहेका नेपालीका समस्या समाधानका लागी राजदुतावास एवम एनआरएनएले सहयोगी भुमिका खेल्ने गर्छ । सिन्जुकोमा रहेको सिमिन बुन्खा खाइखानमा आयोजित नेपाल–जापानको मैत्रीपूर्ण सम्बन्धको ६० औ बर्षगाठ्को अवसरमा जापानको सिन्जुओकामा विभिन्न सास्कृतिक प्रस्तुति सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै जापानका लागि नेपाली कार्यबाहक राजदुत भण्डारीले जापान र नेपालको दौत्य सम्बन्ध मजबुत रहेको बताउनु भएको थियो । यही कुराले पनि दुइ देश बिचको साँस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका निभाएको छ भन्ने प्रष्ट हुन्छ । उहाँले नेपालमा भूकम्पपछि जापानी नागरिकहरुले विभिन्न तवरले सहयोग गरि आफ्नो उदारता प्रस्तुत गरेकोमा सबै जापानी नागरिकहरुलाई आभार प्रकट गर्नुभएकाले पनि नेपाल र जापानबिचको सम्बन्धलाई अझ प्रष्ट्याउँछ ।

जिवन भुवा भन्दा हलुका र कर्तव्य पहाड भन्दा वजनदार मान्ने जापानी पेसागत ईमानदारीता प्रष्ट बिचारमा अब्बल छन् । ईमान्दार,लगनशील, दृढ जापानीहरुबाट हामीले केबल आर्थिक,तथा प्राविधिक साहयता प्राप्त गरेर मात्र हाम्रो परिवर्तको सपना पुरा हुन सक्दैन । बरु आर्थिक,प्राविधिक सहयोग संगै उनिहरुको जस्तो निष्ठा, लगन र मेहनतका केहि अंशहरुको मात्रै भए पनि अनुसरण गर्न सिक्यौ भने धेरै प्रगती गर्न सकिन्छ ।


गुल्मी नेपाल
हाल: जापान, टोकियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend