logo
  • शनिबार, कार्तिक २२ २०८३

शिक्षामा गुणस्तर ल्याउन डन्डा लिएर शिक्षकको पछि हिड्दैनौ : केसी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,गुल्मी,मङ्सिर ०६ ।
मदाने गाउँपालिकाको आयोजनामा तीन दिने लेखा व्यावस्थापन सम्बन्धि तालिम सुरु भएको छ । मदाने गाउँपालिकाभित्रका आधारभुत र माध्यमिक तहका शिक्षकहरुको लागि यो तालीमको आयोजना गरिएको गाउँपालिकाका सुचना अधिकारी ऋषिराम पोख्रेलले बताए ।तालिममा रेसुङा बहुमुखी क्याम्पसका क्याम्पस हरि बहादुर केसि, प्राध्यापक नारायण भुसालले लेखा प्रणाली चुस्त दुरुस्त राख्ने विषयमा प्रशिक्षण दिने पोख्रेलले जानकारी दिए । तालीमको उद्घाटन गाउँपालिका प्रमुख दान बहादुर केसिले गरे । कार्यक्रममा बोल्दै उनले छुट्टै लेखापाल नभएकोले पढाउने र लेखा पनि राख्न पर्ने बाध्यतामा परेका शिक्षकलाई यो तालिमले फाइदा गर्ने बताए ।

साथै उनले बिधालयको शैक्षिक गुणस्तर विकास गर्ने प्रध्यानाध्यापक र शिक्षकहरुको भएकाले मदाने गाउँपालिकाले डन्डा लिएर शिक्षकको पछाडि र बिधालयमा नपुग्ने बताए ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष सरिता खड्काको अध्यक्षता, गाउँपालिका प्रमुख केसीको प्रमुख आतिथ्यता, शिक्षक महासघ मदाने गाउँपालिकाका अध्यक्ष बोम बहादुर कुवरको स्वागत तथा सामाजिक विकास शाखा प्रमुख डिल्लीराज भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend