logo
  • शनिबार, कार्तिक २२ २०८३

चारदिनदेखि युवती सम्पर्कविहिन,खोजि गरिदिन परिवारको आग्रह


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी,मंसिर ०४ ।

गुल्मीमा एक युवती चारदिनदेखि सम्पर्कविहिन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ रजस्थल जाउनडाँडा बस्ने १७ बर्षिय पुजा अर्याल सम्पर्क विहिन भएकी हुन् ।मंसिर १ गते आइतबार बिहान घरबाट हिडेकी उनी सोहि दिन साँझबाट नै सम्पर्कविहिन भएको परिवारले जनाएको छ । छोरी सम्पर्कविहिन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरी चौकी, इस्मामा उजुरी पनि दिएका छन् । तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन् ।

पुजाले इस्मा गाउँपालिका ४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहिन भएपछि खोजि गरिदिन परिवारले सबैमा आग्रह गरेको छ ।

पुजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरी चौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend