logo
  • शनिबार, कार्तिक २२ २०८३

दाजुभाईले दिए अनाथ केयर बालगृह लाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हिम शिखर ,गुल्मी, मंसिर ३
पछिल्लो समय समाज अत्यन्तै सम्वेदनहिन बन्दै गइरहेको अवस्थामा , मानवीय मुल्यमान्यता तोडिदैं गएको अवस्थामा, मानवता विरोधी गतिविधि बढ्दै गइरहेको वर्तमान परिपेक्ष्यमा केही व्यक्तिहरु यस्ता भेटिन्छन् जस्को उदेश्य समाज र दिनदुखी प्रति सर्मपित हुँदै समाजमा फरक गरेर देखाउने अठोट राखेर हिड्छन् । यस्तै व्यक्तिहरु मध्येका व्यक्ति हुन शालिक राम र प्रेम विश्वकर्मा जसले आफ्नै परिवारको गास काटेर समय समयमा गरिव असाय तथा दिनदुःखीहरु को सेवामा थुप्रै समय र पैसा खर्चिदै आएकाछन् ।

बैदेशिक रोजगारीमा रहेका गुल्मी धुर्कोट गाउँपालिका २ पिपलधारा का युवाहरु सालिकराम विश्वकर्मा र प्रेम सागर विश्वकर्मा ले आफ्नो जन्मदिनको खर्च कटाएर आफ्नै पहलमा आफू कार्यरत स्थान दोहा कतार मा रहेका विदेशी तथा स्वदेशी साथीहरु बाट उपहारको बदला आर्थिक रकम कलेक्सन गरी काठमाण्डौं कपन स्थित केयर बालगृह मा रहेका १५ जना बालबालिकाहरु को पालन पोषणको लागी भनेर पचास हजार रुपैया पठाएका थिए ।


उक्त रकमलाई पछिल्लो समय गुल्मीमा सामाजिक कार्यमा सर्वाधिक योगदान पु¥याउदै चर्चामा रहेको वैदेशिक रोजगारीमै रहेका युवाहरु द्धारा संचालित विशुद्ध सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समति विश्व सञ्जाल गुल्मी का भुतपुर्व उपाध्यक्ष तथा वर्तमान सल्लाकार रविन महत ले केयर बाल गृह कपन मै पुगेर गृहकी संचालिका पुष्पा अधिकारी लाई हस्तान्तरण गरेका थिए । पुष्पा अधिकारी जसले केयर बाल गृह कपन काठमाण्डौं मा १५ जना अनाथ बालबालिका लाई पालन पोषण र शिक्षा दिक्षा दिदैं आइरहेकी छिन् । अवगत रहोस् निज सालिकराम विश्वकर्मा पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीका केन्द्रीय सह सचिव र जनजागरण युवा क्लब का उपाध्यक्ष हुन् भने उनका भाई प्रेम सागर विश्वकर्मा पनि दुवै संस्थाका का सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend