साझा नेटवर्क
गुल्मी, मंसिर ३
धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा साविकको पिपलधारा गाविस वाड नं ६ का वैदेशिक रोजगारी मा रहेका युवाहरु द्धारा सञ्चालित सामाजिक संस्था÷क्लब जनजागरण युवा क्लब ले सोही वडा निवासी थोम बहादुर सुनार लाई आर्थिक सहयोग गरेको हो । हालैमा ब्रेन टृयुमर को अर्पेसन गरी घरमै बेड रेस्टमा रहेका थोम बहादुर सुनार को उपचारर्थ अत्यधिक खर्च लागेको हुँदा केही राहत होस् भनी क्लब का सल्लाहकार द्धय श्याम सुनार र गोविन्द सुनार , महासचिव हिम शिखर रसाईली र स्थानियहरु को रोहबरमा नगद रु. ५००० (अक्षरेपी पाँच हजार रुपैया) हस्तान्तरण गरेका छन् ।

स्मरणरहोस् , विगत पाँच वर्षदेखी सामाजिक कार्यमा अग्रसरता लिदैं विभिन्न परोपकारी कार्यमा सक्रियता देखाउदै आएको उक्त क्लब ले विगतमा पनि मंदिर निर्माणमा आर्थिक योगदान, विपन्न परिवार , दृघ रोगबाट ग्रसित असायहरु लाई आर्थिक सहयोग गर्दै आएको छ । सँगै शिक्षा को क्षेत्रमा पनि योगदान पु¥याउदै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend