logo
  • शनिबार, साउन ३० २०८३

६ दिनदेखि बेपत्ता बुटवलका खान काठमाडौंमा भेटिए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कपिल ज्ञवाली, बुटवल जेठ ८।
जेठ २ गते कक्षा ११ को परिक्षा दिन भनि घरबाट हिडेर गायब भएका बुटवलका एक किशोर ६ दिनपछि काठमाडौमा फेला परेका छन् । बुटवल उपमहानगरपालिका ७ पुरानोबसपार्क घर भएका १७ बर्षिय जाबेद खान सम्पर्क बिहिन भएका थिए ।

खानलाई लिनका लागि उनका बुबाजमिल मिया खान अहिले राजधानी पुगेका छन् । आज राती बुटवल फर्किन उनले अनलाइनखबरलाइ बताए । कलेजको यूनिर्फम लगाएर जेठ २ गते बिहान ५ बजेर ५९ मिनेट जादा घरबाट परिक्षा दिन हिडेका उनले लु २१ प ५७७५ नम्बरको रातो एफजेट मोटरसाइकल समेत लिएर गएका थिए ।

मोटरसाइकलमै राजधानी आएका खानलाइ शडकमा हिड्दै गर्दा आफन्तजनले बानेश्वरमा फेला पारेका थिए । उनी परिक्षा दिनका लागि घरबाट हिडेपनि परिक्षामा सामेल नभएको र १० बजेर १५ मिनेट जांदा देखि मोवाइल पनि स्विच अफ गरेका थिए ।

उनी बुटवलकै न्यु होराइजन,बुटवल कक्षा ११ ब्यवस्थापन संकायमा अध्ययनरत थिए । परिवारजनले छोरो खोज्नमा सहयोगी सबैप्रति आभार पनि प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend