साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान कार्तिक २८ ।
गौमुखी गाउँपालिका ३ रजवारा ढाडखानी प्यूठानमा सामुदायिक स्वास्थ्य ईकाइको विधिवत रूपमा उदघाटन गरिएको छ । वडा न.३ का वडा सदस्य शालिकराम सेनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी रहनु भएको थियोे ।
सो उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले गौमुखी गाउँपालिकाको दुर्गम र दलित बस्तीका जनताले सामुदायिक स्वास्थ्य इकाई स्थापना बाट लाभ लिने तथा शिक्षा, स्वास्थ्य,खानेपानी,यातायात जनताका प्रमुख आबस्यकता रहेको र यो बर्ष गौमुखी गाउँपालिका का स्वास्थ्य सेवाको पहुँच नपुगेका स्थानहरुमा ४ वटा सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याउने बताउनु भयो ।
उहाँले गत बर्ष खरको छाना भएका घरहरुलाई बिस्थापित गरि १६३३ घर धुरीलाई जस्तापाताले छाउने काम गौमुखी गाउँपालिकामा सफल भएको बताउनु भयो । त्यसैगरी गरि उपाध्यक्ष तुलसी सुनारले रजवाराका साबिक ३ र ४का बासीहरुले स्वास्थ्य सेवा सुबिधा लिने र स्वास्थ्य इकाई ,बिधालय ,मोटर बाटो ,खानेपानीमा बजेट बिनियोजन गरिएको जानकारी गराउदै सबैको सहयोग हुनुपर्ने बताउनु भयो ।
पहिलो सेवा लिदै सेबाग्राही ६९ बर्सिय बाले सुनारले ३ घन्टा हिंडेर उपचार गराउनु पर्ने दु:ख व्यक्त गर्दै घर नजिकै स्वास्थ्य चौकी खुल्दा आफु खुसी भएको बताए । त्यस्तै झक्की सुनारले आफु मरेर गए पनि तल्लो पीडिले सेवा लिदा आफु खुसीले गदगद भएको बताइन ।कार्यक्रममा सामुदायिक स्वास्थ्य इकाईलाइ जग्गा दिने जग्गादाता तिलक सुनारलाई सम्मान गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend