logo
  • शनिबार, भाद्र २० २०८३

११०औ लक्ष्मी जयन्ती तथा ९८औ साहित्यिक वाचन डबली सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
नेपाली साहित्यका महाकबी लक्ष्मी प्रसाद देवकोटा को ११० औ जन्म जयन्ती तथा अनेसास नबोदित साहित्यिक वाचन डबली ९८ औ श्रृङखला हालै कतारमा सम्म्पन भएको छ ।

कतारमा स्थापित नेपाली साहित्यिक सस्थाहरु अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, गैर आवासिय नेपाली संघ रास्टिय समन्वय परिसद अन्तरगतको साहित्य बिभाग, नबोदित साहित्यिक वाचनालय कतार र सन्ध्या ग्रुप अलखोरको मुग्लानी सौगात त्रैमासिक पत्रीकाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

गैर आवासिय नेपाली संघ रास्टिय समन्वय परिसद कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमान बिशिस्ट स्रोता रहनु भएको सो कार्यक्रममा महाकबी लक्ष्मी प्रसाद देवकोटाको फोटोमा माल्यार्पण गर्नुका साथै मदन पुरस्कार बिजेता कबि तथा आख्यानकार राजन मुकारुङ द्वारा लिखित ” हाटा जाने अघिल्लो रात ” नामक कबिता सङ्ग्रहको पनि सार्बजनिकरण गरीएको थियो ।

दोहामा रहेका कवि तथा साहित्यिक सर्जकहरु नारायण निर्जल भन्डारी , माया के सि , शिब सुवेदी , शेखर बस्नेत , यादब रेग्मी , चिरन्जिवी तिम्सिना , रुप रसाइलि बिस्वकर्म , तिलु शर्मा पौडेल , तिर्थ सङम राइ , लेख कार्की , खेम सुवेदी , सिताराम थापा आदिले साहित्यक रचनाहरु वाचन गर्नु भएको थियो भने सस्थाका पुर्व बिशिस्ट स्रोता चानक पोखरेल र करिम बक्स मियाले सुभ कामना ब्यक्त गर्नु भएको थियो।

दिलिप पराजुली ले सन्चान्लन गर्नु भएको सो कार्यक्रममा NRNA NCC कतारको साहित्य बिभाग सम्योजक नियम भुजेलबाट स्वागत मन्तव्य तथा सन्ध्या ग्रुपका गणेश क्षेत्रीबाट महाकबी लक्ष्मी प्रसाद देवकोटाको जिवनी प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend