साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
जनगायक जीवन शर्माको छोराको उपचारका लागि बिभिन्न देश र संघ सस्थाबाट सहयोग रकम जुटिरहेको बेला कतार नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ ।
जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले एकता समाज कतारका सदस्य हरुबाट रकम संकलन गरि नेपाली रुपिया १५६,१८६ (एक लाख छपन्न हजार एक सय छियासी) जीवन शर्माका जेठा छोरा अर्जुन आचार्य को नाम मा पठाएको समाजका अधक्ष्य हेमन्त वाइवा ले बताए देश तथा बिदेसमा बिभिन्न पिडित हरु लाइ सहयोग गर्दै आएको एकता समाजले जनताका पक्षमा गीत गाउदै आउनु भएका वरिष्ठ जनगायक शर्माको परिवारलाई आइपरेको विपतमा साथ दिने मनासायले रकम संकलन गरेको वाइबाले बताए ।
‘छैन मेरो शरीरमा अत्तरको सुगन्ध, होला बरु जिउभरी पसिनाको गन्ध होला मेरो खुट्टा बरु पटपट्टी फुटेको, तर मेरो जीन्दगी यसैमा उठेको चाँहिंदैन मलाई सिसाको महल, चाँहिदैन मलाई सम्पतीको रास’ दशैंका दिन उनका छोरा अमृत शर्मा खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेर सिकिस्त बनेका थिए । अन्ननलीमा हड्डी अड्किएर इन्फेक्सन भएपछि अमृतको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलन अभियान सुरु गरिएको हो । अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको थियो जनगायक शर्मालाई आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बेला विभिन्न देशमा रहेका एकता समाज लगाएत् ,कलाकार्,सामाजिक अभियन्ताहरु सहायोग रकम संकलन गरिरहेका छन
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend