साझा नेटवर्क
अनिल खत्री, गुल्मी कात्तिक २०।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले शुक्रवार सार्बजनिक बिदा दिने भएको छ। कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अबरसमा सार्बजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अशोक थापाले बताए ।
गाउँपालिका प्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतारा हस्ताक्षरित सार्बजनिक सुचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरिएको छ । गाउँपालिकाको बुधवार गरेको निर्णय अनुसार बिदा दिने निर्णय भएको हो । एकादशीको दिन जिल्लाको धार्मिक,ऐतिहासिक एबम् पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ । गुल्मीदरबार गाउँपालिका पनि रेसुङ्गा क्षेत्रसँग जोडिएको गाउँपालिका पर्दछ ।
यस अघि कात्तिक १८ गते जिल्लाको रेसुङ्गा नगरपालिका गुल्मीले पनि बिदा दिने निर्णय गरेको थियो । मेलालाई व्यवस्थीत रुपमा मनाउनको निम्ति र रेसुङ्गा क्षेत्रको प्रचार प्रसार गरि नेपाल ग्रमण वर्षमा धेरै पर्यटकको आगमन गराउने उदेश्यले दुइवटा स्थानिय तहले रेसुङ्गा क्षेत्रमा लाग्ने मेलालाई प्रथामिकता दिएका छन् ।
नगरपालिका र गाउँपालिकाले सार्बजनिक बिदा दिने सुचना जारी गर्दै रेसुङ्गामा लाग्ने मेलामा सरिक हुन् समेत आग्रह गरेका छन् । रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समावेस गरेको छ । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्दछन् ।
यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षित वनको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत नौ जिल्लाको दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ । यस मन्दिरमा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend