साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी ।
२० कात्तिक । फोर्टीन स्टार युबा क्लब रेसुङ्गा नगरपालिका वडा नं. १ र २ को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विक्रम बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा सुरज पोख्रेल, कोषाध्यक्ष किरणराज भण्डारी, महासचिव नारायण आचार्य, सचिवमा गिता राना, सह–कोषाध्यक्ष प्रकाश घर्ति रहेका छन । सदस्यहरुः लक्ष्मी पौडेल, अमृता गुरुङ्ग, अर्जुन मरासिनी, घनश्याम टण्डन, नुतनदेब श्रेष्ठ रहेका छन । अधिवेशन २-२ वर्षको अन्तरालमा हुने गर्दछ । क्लबले खेलकुद क्षेत्र तथा सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend