logo
  • शनिबार, कार्तिक २२ २०८३

हजुरबुवाको पुस्तक र १२ बर्षे नातीको गीति एल्बमको बिमोचन संगसंगै


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

प्रभा श्रेष्ठ, भक्तपुर कार्तिक १८।
बाबुकाजी कसपालको जीवनीमा आधारित पुस्तक ‘कृपा’ र उहाँको १२ बर्षे नाति अधिश्री कसपालको गीति एल्बम ‘सुवासमा अधिश्री’ बिमोचन भएको छ ।
वाङ्मय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने तयारी भए तापनि अन्तिम समयमा जोशीको स्वास्थ्यको प्रतिकूलताका कारण प्रमुख आतिथ्यतामा फेर बदल गरिनुपर्ने परिस्थिति सिर्जना भएको थियो । प्रमुख अतिथि चेतन कार्कीले कुनै पनि देशको गौरब त्यो देशको भाषा, संस्कृति र कलाको संबृद्धिमा भर पर्ने बताउँदै भाषा, संस्कृति र कलाको भक्त भएको कारण भक्तपुरको नाम भक्तपुर रहन गएको चर्चा गर्नु भयो। लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको मन्तब्यको प्रसंग कोट्याउँदै बिदेशमा रहेर बिभिन्न देशमा वुद्ध जन्मस्थल बिषयमा गरेका उल्लेखनिय काम र हासिल गरेका उपलब्धीको प्रसंशा गर्नु भयो । आत्माकथा मसीले होइन मुटुको रगतले लेखिनुपर्ने धारणा कार्कीको थियो ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले सरकारले गर्नु पर्ने काम सरकारले नगरेका कारण जनस्तरबाट गरिराख्नु परेको र राष्ट्रिय अन्तराष्ट्रिय महत्वका धेरै उपलब्धी हासिल गरिसकेको फेयरिस्त पेश गर्दै अभियानका तर्फबाट सरकार प्रमुख र सरकार प्रमुखको जिम्मेवारी बहन गरिसकेका ब्यक्तिहरुले आँफैले बुझेर गर्नुपर्ने कामहरुलाई गर्नका लागि घचघच्याउने र झकझक्याउने काम बेला बखत गरिराख्दा पनि त्यस्ता महत्वपूर्ण कामहरु हुन नसकेकोमा चिन्ता ब्यक्त गर्नु भयो ।
पूर्व न्यायाधिबक्ता एबं ‘काठमाण्डौं स्कूल अफ ल’ का कार्यकारी निर्देशक डा युबराज संग्रौलाले जो आफ्नो देशप्रती इमान्दार बन्न सक्तैन ऊ अरुको देशप्रति पनि इमान्दार हुन सक्तैन भन्दै बिमोचित पुस्तक ‘कृपा’ का लेखक बाबुकाजी कसपालको शरीरबाट नेपालको गन्ध आउने बताउनु भयो । ७०० बर्ष अगाडिको कला र संस्कृतिले अर्थ राख्दा दुइ-ढाइ सय बर्षको ईतिहास बोकेको राजनीतिले अर्थ राख्न नसकेको चर्चा डा संग्रौलाले गर्नु भयो ।

‘कृपा’ पुस्तकको समिक्षा गर्दै वरिष्ठ साहित्यकार, संचारकर्मी एबं चलचित्रकर्मी प्रकाश सायमीले आत्मकथा जस्ता पुस्तकहरुमा कलंकित ब्यक्तिहरुको प्रसंग उल्लेख नै नगरिएको राम्रो भन्दै पैसा दिएर लेख्न लगाएर आत्मकथा तथा अन्य साहित्य मार्फत सस्तो लोकप्रियता लिएर जनताका बीच आउनेहरु पनि भएको चर्चा गर्नु भयो । बिमोचित गीति एल्बममा एकल रचना संग्रहित भएका वरिष्ठ रचनाकार सुवासचन्द्र ढुंगेलले जीवनप्रतिको दृष्‍टिकोणबारे चर्चा गर्नु भएको थियो । मोटिभेशनल स्पिकर एबं मोर्डन स्कूल एबं कालेजका सल्लाहकार रविन कटवालले कसपल परिवार आँफैमा पुस्तक जस्तो भएको बताउनु भयो ।

कार्यक्रममा आकर्षक नाचका साथै बिमोचित एल्बमका अधिश्री र उन्की दिदी सर्वश्रीले गीत गाएका थिए । बिमोचित एल्बमको गीत ‘कोही हुन्छन’ गीतको द्रिस्यांशमा वरिष्ठ नायक सरोज खनालले भूमिका निर्बाह गरेका छन । एल्बमको समिक्षा वरिष्ठ संगीतकार राजु सिंले गर्नु भएको थियो ।

पत्रकार एबं साहित्यकार सुशिल चालिसेद्धारा सन्चालन गरिएको कार्यक्रममा नेपाल भाषाका द बेस्ट मोडल एबं दुई बर्षमा नै सवा दर्जनभन्दा बढी म्युजिक भिडियोमा भूमिका निर्बाह गर्ने शाेभा महर्जन, पूर्व शिक्षा निर्देशक र माेडर्न कलेजका सल्लाहकार सुन्दर कुमार शाक्य, वरिष्ठ रेडियोकर्मी धन लामा, वरिष्ठ गायक दिपक खरेल, नेपाल कपडा तथा सिलाइ ब्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ, वरिष्ठ नाट्य कलाकार हरि बहादुर थापा, वरिष्ठ तबला बाधक र संगीतकार मनराजा नकर्मी, वरिष्ठ गीतकार नारायण कुमार आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

सचिव, राष्ट्रिय याेजना आयोगका पूर्व उपाध्यक्ष, नेपाल बैंकका पूर्व अध्यक्ष, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकाे संस्थापक कार्यकारी निर्देशक गाेरक्ष बहादुर न्हूछें प्रधानको सभापतित्व, वरिष्ठ चलचित्रकर्मी, गीतकार, लेखक एबं वरिष्ठ संस्कृतिविद् चेतन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमा बिभिन्न क्षेत्रका प्रबुद्ध ब्यक्तिहरुको उल्लेखनीय करीब ६०० जनाको उपस्थितिमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend