logo
  • शनिबार, भाद्र २० २०८३

सिरियाली हमलाकारीद्वारा जर्मनमा विस्फोट


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं, श्रावण १०।
सिरियाली हमलाकारीद्वारा जर्मनीको एन्सबाख शहरमा भइरहेको खुल्ला साङगीतिक कार्यक्रम नजिकै गराइएको विस्फोटमा शरणार्थीको मान्याता प्राप्त गर्न विफल एक सिरियाली आप्रवासी मारिएको र अन्य १२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । उक्त घटना बभेरिया राज्यमा एक हप्तामा भएको तेश्रो हिंसात्मक हमला हो।160724234518_ansbach_germany_police_640x360_epa_nocredit

त्यसलगत्तै घटनास्थलको निरिक्षण गरेका बभेरियाका गृहमन्त्रीले पछिल्लो जानकारी सार्वजनिक गरेका हुन्।विस्फोटन स्थल नजिकैबाट झण्डै दुई हजार जनालाई उद्दार गरिएको बताइएको छ।

बभेरियाका आन्तरिक मामिला मन्त्री योआखिम हेयरमेनले संदिग्ध हमलाकारी दुई बर्षअघि जर्मनी प्रवेश गरेको र एक बर्षअघि शरणार्थीका लागि उसले दिएको आवेदन अस्विकृत भएको बताएका छन्।सिरियाको अवस्थालाई मध्यनजर गर्दै उसलाई अस्थायी रुपमा बस्न दिइएको र एन्सबाखमा एउटा अपार्टमेन्ट समेत उपलब्ध गराइएको उनले बताए।

पछिल्लो आक्रमणले जर्मनीमा त्यसरी बसिरहेका आप्रवासीलाई थप नियन्त्रण गरिनुपर्ने आवस्यक्ता देखिएको उनको भनाई छ।हेयरमेनले संदिग्ध हमलाकारीलाई दुईपटक आत्महत्याको प्रयास गरेको उल्लेख गर्दै उसले आफ्नो ज्यान लिन वा अरुलाई मार्न विस्फोट गराएको प्रष्ट भइनसकेको उल्लेख गरे। तर उसले पछाडी भिरेको झोलामा धेरै जनाको ज्यान लिन सक्ने र घाइते बनाउन सक्ने परिमाणको विस्फोटक पदार्थ रहेको उनले बताए ।

विस्फोट
स्थानीय समाचार वेबसाइटका अनुसार प्रहरीले विस्फोटन भएको इयुजिन वाइन बारलाई घेराबन्दी गरिएको थियो।यसअघि शुक्रबार म्युनिखमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली हानी नौ जनाको हत्या गरेको थियो।
160725010306_ansbach_640x360_reuters_nocredit
भिएतस्वुर्गमा एउटा रेलमा एक हप्ताअघि एक जना व्यक्तिले बन्चरोले आक्रमण गर्दा कयौँ घाइते भएका थिए।एन्सबाखमा शुरुमा ग्यास विस्फोट भएको ठानिएपनि पछि गृहमन्त्रालयले नियतवश विस्फोटन गराइएको जस्तो देखिएको बताएको थियो।

खुल्ला साङ्गीतिक कार्यक्रम नजिकै विस्फोट भएपछि झण्डै दुई हजार जनालाई सुरक्षित स्थानमा लगिएको छ । उक्त शहरको मुख्य चोक आपतकालीन सवारी साधनले भरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend