logo
  • शनिबार, कार्तिक २२ २०८३

बर्दघाटमा चौथो कृषि पर्यटन तथा औद्यौगिक व्यापार मेला


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, बुटवल कार्तिक १७ ।
बर्दघाटमा उद्योग बाणिज्य संघको आयोजनामा यहि कार्तिक २१ गते देखि चौथो बर्दघाट कृषि पर्यटन तथा औद्यौगिक ब्यापार मेला उद्घाटनको अवसरमा रक्त दान कार्यक्रमको आयोजना गरिने भएको छ ।

मेलाको उद्घाटनको दिन मेला स्थलमानै रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य तथा प्राथमिक उपचार सेवा उपसमितिका संयोजक कृष्ण प्रसाद गौतमले बताए । रक्तदान कार्यक्रमलाई सफल पार्न सवैको सहयोगको अपेक्षा रहेको बताउदै गौतमले रक्तदान जस्तो पुण्य कार्यमा सरिक हुन नियमित रक्तदाता तथा ईच्छुक सवैलाई आग्रह समेत गरेका छन् ।

बर्दघा उद्योग बाणिज्य संघले पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेकोले यसलाई सफल बनाउन सवैले आ-आफ्नो तर्फबाट भुमिका खेल्नका लागि अध्यक्ष लेखनाथ न्यौपानेले सवैलाई अनुरोध गरेका छन् । मेलाको सुरुवातमै मानविय पुण्यको काम बाट अगाडि बढ्न थालेकोले मेला सफल हुनेमा आफु ढुक्क भएको पनि अध्यक्ष न्यौपानेको भनाई छ ।

मेला मङ्सिर १ गते सम्म मेला स्थल भित्र प्राथमिक रुपमा स्वास्थ्य जांचको समेत ब्यबस्था गरिएको स्वास्थ्य तथा प्राथमिक उपचार सेवा उपसमितिका संयोजक गौतमले बताउनुभयो । त्यस अवधीमा स्वास्थ्य परिक्ष णका लागि चिसापानी अस्पताल संग सहकार्य गरिएको र अस्पतालकै प्राविधिक सहयोग रहने समेत गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend