logo
  • शनिबार, कार्तिक २२ २०८३

नवलपरासीमा हराएकी बालीका आदिती चौधरी अभै भेटिएन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, बुटवल कार्तिक १७ ।
नवलपरासीमा गत सोमवार साझ ५ बजे देखी सम्पर्क बिहिन भएकी बालिका १ हप्ता बितिसक्दा पनि अझै भेटिएन्न ।

सुस्ता गाँउपालिका वडा नं ५ बलिननगर बस्ने मारकण्डे्य चौधरीको २ बर्षिय छोरी आदिती चौधरी गत कार्तिक ११ गते सोमवार साझ ५ बजे घर छेउमै खेल्दै गरेकोे अवस्थामा सम्पर्क बिहिन भएकी थिइन । बालिकाको खोजी कार्यमा नेपाल प्रहरी। शसस्त्र प्रहरी र स्थानिय युवाहरुको सहभागितामा खोजी कार्य भईरहेता पनि  अहिले सम्म बालिकाबारे कुनै सुराकी प्रप्ता  नभएको  प्रहरीले  जनाएको छ ।

परिवारका अनुसार अहिले सम्म आदितीबारे कहि कतैबाट पनि कुनै खबर नआएको आफ्नो सम्पुर्ण आफन्तहरुमा खोजी कार्य गरिसकेको बताए । फेला नपर्दा बालिकाको अपहरण भएको अनुमान समेत गरिएको छ ।

प्रहरी द्वारा आसपासको क्षेत्रहरु तथा भारतमा पनि खोजी कार्य जारी रहेपनि यस घटनाबारे नेपाल प्रहरीले अहिले सम्म तथ्य बाहिर ल्याउन सकेको छैन । जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयको टोली द्वारा उक्त बालिकाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend