logo
  • शनिबार, साउन ३० २०८३

रिघामा २ सय ७५ जनाको आँखा जाँच गरियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ कार्तिक १६।
गल्कोट नगरपालिका वडा न. ११ रिघामा १ दिने सामुदायीक आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ। नेपाल नेत्र ज्योती संघ बागलुङको प्राविधिक सहयोग, गल्कोट आँखा उपचार केन्द्रको व्यवस्थापन तथा रिघा स्वास्थ्य चौकी र ११ नं. वडा कार्यालयको आयोजनामा सो शिविर सम्पन्न भएको हो।
शिविरमा २ सय ७५ जनाले आँखा जाँच गराएका छन्। जस मध्ये ७ जनालाई मोतियाविन्दुको सल्यक्रिया गर्न सिफरिस गरिएका वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभएको छ। सो सिविरमा आँखा अस्पताल बागलुङका उपचार केन्द्र प्रमुख विनम लामिछाने, नेत्र सहायक दिवाकर पौडेल, सहायक विक्रम श्रेष्ठ सहितको टोलीले आँखा जाँच गरेको हो। भने रिघा स्वास्थ्य चौकीका सवै कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, वडाका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुले सहजिकरण गरेका थिए।

शिविरमा विद्यार्थीहरुको लागी निशुल्क औषधि र चस्मा वितरण गरिएको थियो। सो कार्यक्रममा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नेत्र ज्योती संघ बागलुङका अध्यक्ष भरत पुरी, सदस्य कृष्णराज शर्मा, सदस्य तथा वडा नं. ५ का अध्यक्ष नारयण ध्वज मल्ल, पूर्व गाविस उपाध्यक्ष गंगा भुजेल, नेपाली काग्रेस जिल्ला सदस्य सुरेन्द्र वममल्ल लगाएतको सहभागिता रहेको थियो। कार्यक्रमको समापन समारोहमा नगरप्रमुख भरत गैरेले स्वास्थ्य संग सम्बन्धित निकै राम्रो काम भएको भन्दै शिविरको प्रसंसा गर्नुभएको थियो।

कार्यक्रम वडा अध्यक्ष डम्बर श्रीसको अध्यक्षता, वडा सदस्य दल बहादुर वुढाथोकीको स्वागत मन्तव्य तथा वडा सचिव डिल बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो। सो कार्यक्रममा शिविर मा सहयोग गर्नेहरुलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend